अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल माइतिघर बाट पक्राउ
२१ जेठ २०७७, बुधबार
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल काठमाडौंबाट पक्राउ परेका छन् ।
नेकपाको पोलिटब्यूरो सदस्यसमेत रहेका ढकाललाई प्रहरीले माइतिघरबाट पक्राउ गरेको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ । बुधबार माइतीघरमा बिभिन्न दलका नेता तथा कार्यकर्ताले एमसीसीलाई अस्वीकार गर्नुपर्ने बताएका छन् । सोही क्रममा प्रहरीले ठकाललाई प्रकाउ गरेको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #चिरञ्जीवी ढकाल माइतिघर बाट पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्