समस्यामा परेका भोजपुरेलाई तरुण उपाध्यक्ष चापागाईको सहयोग
नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले काठमाडौंमा रहेका भोजपुरबासीहरूलाई राहत वितरण गरेका छन् ।
युवा नेता चापागाइँले बुधबार काठमाडौं गौरीघाटमा राहत वितरण गरेका हुन् । उनले १६ परिवारलाई एक-एक बाेरा चामलका साथै १ लिटर खाने तेल, १ किलो नुन र २ किलो दाल उपलब्ध गराएका छन् ।
भोजपुर जिल्लाको उत्तरी क्षेत्रबाट काठमाडौं उपत्यकामा बसेर दैनिक ज्यालादारी, मजदुरी गर्नेहरूलाई खाद्यान्न सहयोग गरेका छन् ।
लकडाउनका कारण मजदुर र अति विपन्न परिवारहरू समस्यामा परेका थिए । उनीहरूले काठमाडौंमा रुद्राक्षमा प्वाल पार्ने तथा रुद्राक्षलाई धुने काम गर्दै आएका थिए ।
लकडाउनका कारण सबै पेसा व्यवसाय बन्द भएपछि मजदुरहरू समस्यामा परेका थिए ।
चापागाइँ सेवा समाजको सहयोगमा युवा नेता चापागाइँले खाद्यान्न वितरण गरेको बताए । राहत वितरणमा सहयोग गर्ने समाजसेवी सुरेश श्रेष्ठालाई तरुण उपाध्यक्ष चापागाइँले धन्यवाद दिएका छन् ।
कांग्रेसका युवा नेता चापागाइँले यसअघि पनि भोजपुर जिल्ला घर भई काठमाडौं उपत्यकामा मजदुरी गर्दै आएका परिवारहरूलाई खाद्यान्नसहितको सहयोग गरिसकेका छन् ।
उनले एक महिना अगाडि आफ्नो गृहजिल्ला भोजपुरमा पनि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिमार्फत मास्क, पीपीई, स्यानिटाइजरसहितका सामग्री हस्तान्तरण गरिसकेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्