रुकुम घटनामा बेपत्ता भएकाको शव १० दिनपछि भेटियो, मृतकको संख्या ६ पुग्यो
रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका अर्का एक जनाकाे शव भेटिएकाे छ । याेसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएकाे हाे ।
बेपत्ता भएका भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव मङ्गलबार दिउँसो भेटिएकाे हाे । शाहीको शव जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोलानजिक भेटिएको उनका आफन्तले बताएका छन् । भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला घटना भएको थियो ।
१७ वर्षीया मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने साेतीका स्थानीयले भने त्यसरी आक्रमण नगरेकाे बताएका छन् ।
गाउँमा हुल बाँधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् । मृतकका आफन्तले भने गाउँलेले ढुङ्गामुढाले हानेर मारेको आरोप लगाएका छन् ।
यस घटनामा भेरी नगरपालिका ४ का नवराज विकको शव घटनाकै दिन शनिबार राति भेरी नदीकाे किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका १ का २० वर्षीय टीकाराम विकको शव घटनास्थलबाट झण्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोला नजिक भेटिएको थियो ।
सोमबार भेरी नगरपालिका ४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टिकारामको शव भेटिएको ठाउँ नजिकै भेटिएको थियाे । त्यसैगरी भेरी नगरपालिका ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो । उनको शव चौरजहारी १ को चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको थियो ।
आज बेपत्ता रहेका १७ वर्षीय गोविन्द शाहीको शव टीकाराम र गणेश बुढाको शव भेटिएकै ठाउँ नजिक भेटिएको हो । मृतकका आफन्तजनले घटनामा संलग्न २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर रुकुम पश्चिम प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्