संखुवासभा प्याब्सनद्धारा खाद्यान्न सहयोग
खाँदबारी । संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन संखुवासभाले खाँदबारी नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस कोविड १९ को महामारीको बेला भोकै कोहि पनि बस्न नपरोस भन्दै प्याब्सनले खाद्यन्न सहयोग गरेको हो ।
खाँदबारी नगरपालिकालाई ७५ हजार बराबरको ५० बोरो चामल हस्तान्तरण गर्दै प्याब्सनका संखुवासभा अध्यक्ष छिरिङ भोटेले नगर क्षेत्रका गरिब, असाहय, र श्रमिक वर्गलाई चामल हस्तान्तरण गर्न आग्रह गरे ।
चामल ग्रहण गर्दै खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारी प्रसाद खतिवडाले महामारीमा डट्नको लागि सहयोग गरेकोमा प्याब्सनलाई धन्यवाद दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्