संखुवासभामा दलितका संस्थाद्धारा पाँच सुत्रीय माग राख्दै विरोध
नेपाल दलित संघ, उत्पीडित जातिय मुक्ति समाज र दलित मुक्ति मोर्चाले संयुक्त रुपमा जाजरकोट रुकुम पश्चिममा भएको घटनाको विरोध गरेको छ । ती संस्थाहरुले आईतबार प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल मार्फत ५ सुत्रीय माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
ज्ञापनपत्रमा उनीहरुले जेठ १० मा भएको योजनाबद्ध सामुहिक आक्रमण मानवता विरोधी जातिय दमनमा आधारित रुकुम पश्चिम चौरजहारी सामुहिक हत्याकाण्डको सत्यतथ्य छानबीन गरी दलित समुदायका प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सर्वदलिय संसदिय समिति गठनको माग गरिएको छ ।
त्यस्तै, ५ जनाको हत्या र १ जना बेपत्ता हुने गरि घटाईएको सामुहिक हत्याकाण्डमा संलग्नलाई कारवाही गर्न र क्षतिपुर्ति लगायतका माग राखिएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्