Techie IT
आईतबार, साउन १०,२०८३

कांग्रेस नेता बहादुरसिंह लामाद्धारा नुवाकोटका सबै स्थानिय तहलाई स्वास्थ सामाग्री सहयोग


मोहन अधिकारी / साझापाना

काठमाडौ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले नुवाकोटका १२ वटै स्थानीय तह, सबै तह ,पार्टी एकाइ, जिल्लाका सबै ब्यारेक तथा प्रहरी चौकी र जिल्लामा क्रियाशील पत्रकार आवश्यक स्वास्थ साम्रागी प्रदान गरेका छन ।

लामाले कुल १५५ सेट पिपिई ,बुटसमेत, ५५ थान इन्फ्रारेड, फोरहेड थर्मोमिटर ,थर्मल गन, १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८०० थान एन ९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान कपडाको मास्क, १०५ लिटर स्यानिटाइजर र १ थान बिग स्प्रे मेसिन वितरण गरेका छन।

विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयबाट जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुलाई ५–५ सेट पिपिई, २–२ थान थर्मल गन, १–१ थान स्यानिटाइजर स्प्रे मेसिन, ५ –५ लिटर ह्यान्ड स्यानिटाइजर, ५–५ लिटर क्लोरिनयुक्त स्प्रे स्यानिटाइजर, २–(२० थान एन ९५ मास्क, ३००–३०० थान सर्जिकल मास्क र २००–२०० थान कपडाको मास्क हस्तान्तरण गरेका हुन ।

लिखु गाउँपालिकालाई थर्मल गन, स्प्रे मेसिन र एन९५ मास्क तथा बेलकोटगढी नगरपालिकालाई पिपिई र स्यानिटाइजर भने यसअघि नै पाठाइसकिएकाले आज हस्तान्तरित सामग्रीमा समावेश थिएन ।

यस्तै, विदुरस्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट सबै स्थानीय तहका पार्टीका साथीहरु, सुरक्षा निकाय र पत्रकार साथीहरुलाई पिपिई, थर्मल गन, एन९५, सर्जिकल तथा क्लोथ मास्क, स्यानिटाइजर, साबुन लगायत सामग्री हस्तान्तरण गरेका छन ।
विदुरस्थित प्रहरी चौकीलाई एउटा बिग स्प्रे मेसिन पनि हस्तान्तरण गरिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्