एकैदिन १७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार २१२ पुग्यो
काठमाण्डौ – नेपालमा आज एकैदिन एक सय ७० जना कोरोनाका नयाँ बिरामी थपिएका छन् ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ६५ जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै राैतहटका रहेका छन् । आज राैतहटका ५६ जनामा काेराेना पुष्टि भएकाे हाे ।
त्यस्तै कपिलवस्तुका ५१, झापाका २८, बाँकेका १०, पर्साका पाँच, सर्हालीका पाँच, सप्तरीका चार, बाराका चार, दाङका दुई, रुपन्देहीका एक र म्याग्दीका एक जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।
आज एक सय ७० जना थपिएसँगै नेपालमा सङ्क्रमितकाे सङ्ख्या एक हजार दुई सय १२ पुगेकाे छ । सङ्क्रमितमध्ये दुई सय ६ जना निकाे भएका छन् भने ज्यान गुमाउनेकाे सङ्ख्या ६ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्