खड्का र घिमिरेले दिए खाँदबारी नगरपालिकालाई ६० बोरा चामल
युवा व्यवसायी ध्रुब खड्का र सागर घिमिरेले खाँदबारी नगरपालिकालाई ६० बोरा चामल सहयोग गरेका छन् । चामल एक कार्यक्रम बीच नगर प्रमुख मुरारीप्रसाद खतिवडालाई खड्का र घिमिरेले हस्तान्तरण गरे । विपतका वेला नागरिकले पनि सरकारलाई सघाउनु पर्छ भन्दै उनीहरुले ६० बोरा चामल पहिलो चरणमा उपलव्ध गराएका हुन् ।
चामल नगरपालिकाले नगरमा भएका गरिव र असाहायको पहिचान गरेर वितरण गर्नेमा आफूहरु ढुक्क रहेको खड्काले बताए । उनले दोश्रो चरणमा पनि चामल उपलव्ध गराउने बताए । नगर प्रमुख खतिवडाले संकलित चामल नगर भित्र रहेका विपन्न र गरिवलाई उपलव्ध गराउने बताए । खड्का युवा संघ नेपालका संखुवासभा सहसंयोजक समेत हुन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्