बुढानीलकण्ठ नगरपालिकामा अर्धवार्षिक प्रगति समीक्षा सम्पन्न, प्रभावकारी सेवा प्रवाहमा जोड
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न महाशाखा, शाखा तथा वडा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समीक्षा कार्यक्रममा जनस्वास्थ्य, शिक्षा, जनसंख्या तथा सामाजिक समावेशीकरण, आर्थिक विकास, विपद् व्यवस्थापन, आर्थिक प्रशासन, प्रशासन तथा सूचना प्रविधि, योजना तथा पूर्वाधार विकास लगायतका क्षेत्रका जिम्मेवार पदाधिकारीहरूले आ–आफ्नो क्षेत्रगत प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूमा स्वास्थ्य सेवा विस्तार, शिक्षा तथा युवा लक्षित कार्यक्रम, सामाजिक सुरक्षा वितरण, कृषि तथा उद्योग प्रवर्द्धन, वातावरण संरक्षण, राजश्व संकलन तथा व्यवस्थापन, सुशासन प्रवर्द्धन र सार्वजनिक सम्पत्ति संरक्षणका विषयमा विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा बुढानीलकण्ठ नगर अस्पतालको सेवा विस्तार, वडा कार्यालयहरूको कार्यसम्पादन अवस्था तथा विभिन्न विषयगत कार्यक्रमहरूको प्रभावकारिताबारे अन्तरक्रियात्मक छलफलसमेत भएको थियो। सहभागीहरूले आगामी कार्यदिशा र सुधारका पक्षहरूबारे सुझाव प्रस्तुत गरेका थिए।
सम्बन्धित समितिका संयोजक तथा महाशाखा प्रमुखहरूले सत्रहरूको अध्यक्षता गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। नगरपालिकाले समन्वयात्मक ढंगले विकास गतिविधि अगाडि बढाउने, पूर्वाधार निर्माणलाई तीव्रता दिने र नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्ने निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको जनाएको छ।
क्याटेगोरी : स्थानीय
ट्याग : #प्रभावकारी सेवा प्रवाहमा जोड, #बुढानीलकण्ठ नगरपालिकामा अर्धवार्षिक प्रगति समीक्षा सम्पन्न
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्