काठमाडौं महानगर २३ मा मचाराजा महर्जन विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका २३ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार मचाराजा महर्जन निर्वाचित भएका छन्। उनले १ हजार १६१ मत प्राप्त गरे।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तमरत्न मानन्धरले ९२९ मत प्राप्त गरे। महिला सदस्यमा पनि नेकपा एमालेकी चन्द्रदेवी मानन्धर १ हजार १०१ मत ल्याएर विजयी भएकी छन्। नेपाली कांग्रेसकी रिता माथेमाले ९८४ मत प्राप्त गरिन्।
खुला सदस्यमा नेपाली कांग्रेसका गोपाल नापितले १ हजार ६५ मत ल्याएर निर्वाचित भए भने नेकपा एमालेका ओमकृष्ण मानन्धरले ७५८ मत ल्याए।
अर्को खुल्ला सदस्यमा पनि नेपाली कांग्रेसका सुरेश मानन्धरले ८५३ मत ल्याएर निर्वाचित भए एमालेका अन्जु बज्राचार्यले ७४६ मत ल्याइन्।
यो वडामा दतिल महिला सदस्यमा भने उम्मेदवारी नै परेको थिएन।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौँं महानगरपालिका, #मचाराजा महर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्