Techie IT
सोमबार, वैशाख २२,२०८२

गोदावरी नगरपालिकामा जनसेवक मञ्चको तर्फबाट स्वतन्त्र मेयर उम्मेदवार श्रेष्ठको २९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक


काठमाण्डौं महानगरपालिकामा बालेनले राजनीतिक दलका युवाहरुलाई बेचैन बनाएको समयमा गोदावरी नगरपालिकाका शिशिर श्रेष्ठले पनि केही राजनितिक पार्टीहरुलाई पक्कै असर पारेको देखिन्छ । सपनाका कुरा भन्दा पनि गोदावरी गाउँपालिकाको यथार्थमा रही उनले जनमुखी प्रतिबद्धता पत्र ल्याएका छन । उनको प्रतिबद्धता पत्रमा कृषि स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेकाछन । खानेपानी बाटोघाटो पनि उनको प्राथमिकतामा परेकोछ ।
उनले बलत्कार,भ्रष्टचार र जातिय छुवाछुतमुक्त नगरपालिका बनाउने गरेको प्रतिबद्धता वास्तवमै प्रशंसनीय छन । त्यसैगरी विचौलिया रहितको नगरपालिका र बायोग्याँस सम्मको कुरा शिशिरको प्रतिबद्धतामा परेका छन । यतिमात्रै नभएर चलचित्रकर्मीलाई समेत समेटेर प्रतिबद्धता पत्र ल्याएका छन । खेलकुदबाट अन्तराष्ट्रिय गोदावरी नगरपालिका भित्रका खेलाडीहरुलाई अन्तराष्ट्रिय पदकनै जिताउने प्रतिबद्धता मात्रै गरेका छैनन महिलाहरुको आत्म रक्षाको निम्ति अनिवार्य मार्सल आर्ट योजना समेत ल्याएका छन । त्यस्तै बायो ग्याँस उत्पादन समेतका कुरा उनको प्रतिबद्धतामा परेका छन ।
उनको २९ बुँदे प्रतिबद्धता यस प्रकारका छन :
 १. नेपालको संविधान २०७२ मा उल्लेखित भाग ७ मा रहेको मौलिक अधिकार र कर्तव्यमा जनताको कुनैपनि मौलिक अधिकार हनन गरिने छैन ।
२. नगरपालिकाको कार्यालयमा आउने सवै जनतालाई मिठो मुस्कानसहितको मिठो व्यवहार गर्ने गराउनेछु ।
३. जनप्रतिनिधि र कर्मचारी शासक हैनन सेवक हुन भन्ने भावना सवै नगरभित्रका कर्मचारी र जनप्रतिनिधिहरुलाई जगाउँछु । यदि शासक बन्न खोजेमा तुरुन्तै कारवाही गर्छु ।
४. जनतालाई नगरपालिकामा वडा कार्यालयमा आउँदा अलिकति पनि हिनताबोद्य वा अपहेलित बोद्य हुन दिने छैन । यदि कुनै कर्मचारीले अपमान गरेमा तुरुन्त सिसिटिभिको माध्यमबाट हेरी उसलाई तुरुन्त कारवाही गरिनेछ ।
५. गोदावरी नगरपालिकामा खानेपानीको समस्या एकदम ठुलो समस्याको रुपमा रहँदै आएको छ । घरघरमा खानेपानी पुर्याउनेछु । नगरभित्रका प्रत्येक गाउँ,घरलाई छुने गरि बाटो निर्माण गर्नेछु ।
६. सवै सरकारी विद्यालयहरुमा निशुल्क बस सेवा सञ्चालनमा ल्याउनेछु । ५. गोदावरी नगरपालिकामा खानेपानीको समस्या एकदम ठुलो समस्याको रुपमा रहँदै आएको छ । घरघरमा खानेपानी पुर्याउनेछु । नगरभित्रका प्रत्येक गाउँ,घरलाई छुने गरि बाटो निर्माण गर्नेछु ।
७। एक अनुशासित जनता उत्पादन गर्नेछु । १ कक्षादेखी ५ कक्षासम्म संस्कार र अनुसाशनका छुटटै कक्षाहरु संचालन गराईनेछ । भने ९ र १० कक्षामा भ्रष्टाचार,बलत्कार र जातिय छुवाछुतको विरुद्धमा छुटै कक्षा संचालन गरिनेछ ।
८. १२ बर्ष देखि माथिका महिलाहरुलाई आत्मारक्षाको लागि तालिम दिईनेछ ।
९. विज्ञान तथा प्रविधिमा चाख राख्ने गोदावरी नगरपालिका भित्रका सवै क्षेत्रका ईन्जिनियरहरुले केही नयाँ आविश्कार गर्न चाहेमा वा कम्प्युटर ईन्जियिरहरुले कुनै सफ्टवेयर , सफ्टवयेर एप्लिकेसन वा मोबाई एप्लिकेसन जस्तै ः फेसबुक , टिकटक , ईन्साटाग्राम युटुव बनाउन चाहनेको खोजी गरी एप्लिकेसन बनाउन आर्थिक सहयोग उपलब्ध गराउनेछु ।
१० . गोदावरी नगरपालिका भित्रका फुटबल खेलाडीलाई मात्र समेटेर एक टिम बनाई पाँच बर्ष भित्रमा ए डिभिजन समुहमा पुरयाउनेछु । अन्य खेलहरु जस्तै ः कराँते,तेईक्वान्दो लगायतका उत्कृष्ट खेलाडीहरुलाई मासिक भत्ताको व्यवस्था गरी,विभिन्न सेवा सुविधा उपलब्ध गरिनेछ । उहाँहरुको सम्पुर्ण जोश खेल क्षेत्रमा लगाई देशको नाम राख्न हौसला प्रदान गरिनेछ ।
११. माथि उल्लेखित खेलहरु बाहेकका पनि सम्भावना भएका खेलहरुबाट अन्तराष्ट्रियस्तरका खेल प्रतियोगिताहरुमा गएर पदक ल्यान सक्ने राष्ट्रिय अन्तराष्ट्यि खेलाडीहरु उत्पादन गर्नेछु ।
१२. एउटा वडामा २ ओटा लघु रंगशाला निर्माण गरिनेछ । नगरपालिकामा भरीमा एउटा ठुलो रंगशाला निर्माण गर्नेछ ।
१३. गोदावरी नगरपालिकालाई फिल्मीसिटीकै झल्को आउने गरी हराभरा फुलैफुलले सजिएको र सफा सुग्घर नगर बनाउनेछु ।
१४. गोदावरी नगरपालिकाभित्रको कुनै पनि संस्कृति ,परम्परा व्यक्तिको कथामा वा कुनै स्थानका कथालाई लिएर मौलिकता झल्किने नेपाली कथानक चलचित्र बनाउन चाहने । कम्पनी संघ संस्थालाई रु १५ लाख सम्मको अनुदान दिईनेछु ।
१५. रोजगार हैन आत्मनिर्भर बनाउन जोड दिनेछु ।
१६. कपाल काटने,कोर्ट सर्ट पाईन्ट सिलाउने तथा वर्कशप लगायत अन्य तालिम दिई एक बर्षभित्रमा तिर्नुपर्ने गरी पालिकाकै लगानीमा शैलुन , टेलर्स र वर्कशप खोलिदिनेछु ।
१७. बैदेशिक रोजगारीमा जानेलाई क्षमता अनुसारको तालिम दिईनेछ । तालिमको व्यवस्था बाह्रै महिना संचालनमा ल्याईनेछ । बिना सिपको बैदेशिक रोजगारीमा गोदावरी नगरपालिका बाट जाने दर शुन्यमा झारीनेछ । तालिम प्राप्त बैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई एक बर्ष भित्र तिर्ने गरी निशुल्क ब्याजमा ऋण दिईनेछ ।
१८. बिचौलिया रहित गाउँपालिका बनाउँछु ।
१९. विचौलियालाई पस्न नदिई उत्पादक र उपभोक्ताको दुरी घटाउन गोदावरी नगरपालिकाभित्र उत्पादित तरकारी,फलफुल ,दुग्ध र दुग्ध जन्य पदार्थहरुको नगरपालिकाले नै सिधै उपभोक्ता सम्म पुर्याउन काठमाण्डौ र ललितपुरमा विभिन्न ठाउँमा तरकारी पसल खोलिनेछ । जसले गर्दा कृषकले पाईरहेको बजारभाउ भन्दा दोब्वर पाउनेछन ।
२०. किसानका घरघर बाट चौपाया बस्तुको गोवर र पिसाव नगरपालिकाले खरिद गर्नेछ ।
२१. तीन महिनाको एकचोटी शनिवारको दिन प्रत्येक जनताको घरदैलो कार्यक्रम गर्नेछु ।
२२. ६५ बर्ष भन्दा माथिका ज्येष्ठ नागरीकहरुको छ ,छ महिनामा एकचोटी निशुल्क होलबडी चेकअप गरिनेछ ।
२३. गोदावरी नगरपालिकात्रिका कुनै पनि जनताले आफ्नो ब्लडग्रुप निशुल्क थाहा पाउने व्यवस्था गरिन्छ ।
२४. गोदावरी नगरपालिका भित्र रहेका जनताले आवश्यक परेको बेलामा कुनैपनि बेलामा कुनै पनि ग्रुपको रगत सहजै पाउन सक्ने व्यवस्था मिलाउनेछु ।
२५. सेवा लिन आएका अपागंहरुलाई जुनसुकै काम भएपनि आधा घण्टा भित्रै सक्ने व्यवस्था मिलाउँछु । साथै उहाँहरुलाई खाजा नास्ताको पनि व्यवस्था गर्नेछु ।
२६. भ्रष्टचार,बलत्कार र जातिय छुवाछुतमा संग्लन व्यक्तिहरुलाई पालिकाले दिने हरेक सुविधाहरुबाट बञ्चि गराईनेछ । समाजका कलंक भनी लेखी उहाँहरुको फोटो सहितको ठुल ठुला व्यानर गोदावरी नगरपालिका भित्र कम्तिमा पनि २० ठाउँमा राख्ने छौ ।
२७. बलत्कार र जातिय छुवाछुतमुक्त नगर निर्माण गर्नेछु ।
२८. नगरपालिकाकै स्वामित्वमा बायो ग्याँस उत्पाद गर्नेछु । तथा प्रांगणिक मल उद्योग खोल्नेछु ।
२९ . माथि उल्लेखित सबै बुँदाहरु पुरा गर्नेछु ।

क्याटेगोरी : स्थानीय
ट्याग : #गोदावरी नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545