तारकेश्वरमा दुई एम्वुलेन्स , साङला प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडको अक्सीजन थेरापी
काठमाडौं । तारकेश्वर नगरपालिकाले दोस्रो चरणको कोरोना संक्रमण बडेसँगै नगरपालिकामा भएको दुई एम्वुलेन्सलाई पुनः सञ्चालनमा ल्याएको छ । नगर प्रमुख रामेश्वर बोहोराद्वारा निकालिएको विज्ञप्तिअनुसार एउटा एम्वुलेन्स कोरोनाका बिरामीहरुलाई र अर्को एम्वुलेन्स अन्य प्रकारका बिरामीहरुका लागि बोक्न प्रयोग गरिनेछ ।
नगरबासीलाई कुनैपनि समस्या भएमा २४ सै घण्टा नगर स्वास्स्था शाखाका कर्मचारी कल्याण लामिछानेको सम्पर्क नम्वर ९८४१६७७६५८ मा सम्पर्क गरेर कोभिडका बिरामीले बा. १ झ ९४१८ नम्वरको एम्वुलेन्सका चालक कृष्णप्रसाद अर्यालको सहयोगमा अस्पताल जान सकिन्छ ।
त्यस्तै अन्य बिरामीहरुका लागि पनि निःशुल्क एम्वुलेन्स सेवा लिनका लागि कल्याण लामिछानेलाई २४ सै घण्टा सम्पर्क गरेर बा. १७ च ५७१० नम्वरको एम्वुलेन्सको चालक रामकाजी श्रेष्ठको सहयोगमा अस्पताल जान सकिन्छ ।
त्यस्तै नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र साङलालाई ५० बेडको अक्सीजन थेरापीसहितको आइसोलेसन तयार गरिरहेको जनाएको छ ।
तारकेश्वर नगरपालिका भित्र कसैलाई स्वास्थ्य समस्या भएमा वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपरेमा डा. नहकुल पौडेलको मोवाइल नम्वर ९८४११८१५५५ मा सम्पर्क गर्न सकिन्छ । त्यस्तै नगर स्वास्थ्य साखा प्रमुख बिनोद शाहको मोवाइल नम्वर ९८४९७६२५९६ मा पनि सम्पर्क गर्न सकिन्छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्