काठमाडौंको पुरानो बसपार्कका ११२ ओटा पसलहरुमा सिल
काठमाडौं ।काठमाडौंको पुरानो बस पार्कको सिटी मार्केटका सम्झौता विना सञ्चालन भइरहेका ११२ ओटा पसलहरु महानगरपालिकाले सिल गरेको छ ।महानगरपालिकाले पटक–पटक ताकेता गर्दा पनि सम्झौता नवीकरण गर्न बेवास्ता गरेपछि पसल नै सिल गर्नु परेको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।
‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रूपमा व्यवस्थित गर्छौं । ज्ञवालील भने ।
काठमाडौं महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायीले २०७६ चैतसम्म व्यवसायीहरूको संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको बताए । उनले महानगरको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको बताए।
पलस सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीको काममा अवरोध पुर्याउन खोज्ने केही पक्राउ परेको बताइएको छ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##बसपार्कका ११२ ओटा पसलहरुमा सिल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्