काकाकुल तारकेश्वरबासी : गर्भमा रहेको जलाधार नगरप्रशासन र भूमाफियाको सिकार
तारकेश्वर काठमाडौं । काठमाण्डौको उतरीभेग शिवपुरी राष्ट्रिय निकुन्जको फेदमा रहेको रमणिय प्राकृतिक सम्पदाको धनी एवं विगतमा काठमाडौंवासीको पानीको प्यास मेटाउने उदगम स्थल तार्केश्वर ६ पैयाँटारमा अहिले पानीको हाहाँकार भएको छ ।
तारकेश्वर नगरप्रशासन , प्रहरी सहितको मिलेमतोमा नगरभित्रका हरिया डाँडाकाडाहरुमा अव्यबस्थित भुखण्डिकरण एवं जग्गा पल्टीङ्गका कारण दिनप्रतिदिन पानीका मुहान सुक्न थालेको छ ।
कतिपय स्थानमा त सामुदायीक जंगल र भिरपाखा लागेका किरासरिका डोजरबाट जमिनमुनी रहेको पानीको श्रोतको सर्वनाश भएको स्थानियको आरोप छ ।

भुमाफियाका डोजरआतंकबाट भिरपाखा र जंगल फडानीसँगै गर्भमा रहेको पानी बगेर गईरहेको हुँदा स्थानियले उपभोग गर्ने कुवाहरु सबै सुकेका छन ।
बिगत १५–२० वर्षदेखी पानिको भरपर्दो श्रोत बनेको पैंयाटारको गहिरो इनार पनि अब सुक्ने क्रममा रहेको छ ।
शिवपुरी राष्ट्रिय निकुन्जबाट तल हेर्दा मरुभुमी समान बनेका जमिन जोत्ने जोताउने र मुकदर्शक बन्ने स्थानिय प्रशासनका दिन प्रतिदिन तारकेश्वरबासीले खानेपानीको समस्या झेल्न बाध्य भएका छन ।
अव्यवस्थित शहरीकरण तथा खानेपानी संस्थानको अधिनमा रहेको पञ्चायतकालिन खानेपानी लाइन तत्कालिन समय र जनघनत्व अनुसार थेग्न नसक्ने अवस्थामा छ । धारामा पानी नआउने तर पानीको बिल र जरिवाना तिर्नु पर्ने वाध्यतालाई अन्त्य गर्दै नगरपालिकाले सुबिधा दिन नसक्ने चिजमा जरिवाना बिल्कुल अनुपयुक्त रहेको स्थानिय समाजसेवी बिष्णु कार्की बताउछन ।
कार्कीले जनता रितो गाग्री लिएर तार्केस्वर नगरपालिका कार्यालय तथा खानेपानी कार्यालय घेर्न वाध्य नवनाउन मेयर रामेश्वर बोहोरालाई आग्रह समेत गरेका छन ।
स्थानिय प्रशासन तथा सम्पूर्ण जनप्रतिनिधिहरुलाई समयमानै जनताप्रती उतरदायी हुन जरुरी देखिन्छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #काकाकुल तारकेश्वरबासी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्