टोखा–९मा ‘आधारभूत स्वास्थ्य केन्द्र’को स्थापना
काडमाडौं । टोखा नगरपालिका–९ गोँगबुस्थित जागरण टोलमा ‘आधारभूत स्वास्थ्य केन्द्र’को स्थापना गरिएको छ । टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त स्वास्थ्य केन्द्रको बुधबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको जानकारी दिए । नगरपालिकाले चाँडै नै प्रदेश अस्पतालसमेत सञ्चालनमा ल्याउने उनको भनाइ छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाका प्रत्येक वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने नीति अनुसार टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए । आगामी दिनमा टोखा नगरपालिकाका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने नगरपालिका बताएको छ ।
टोखा–९ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएसँगै गोँगबु नयाँ बसपार्क क्षेत्रका ५० हजार जनता प्राथमिक स्वास्थ्य सेवाबाट लाभान्वित हुने टोखा–९ का वडाध्यक्ष जोगप्रसाद नेपालको भनाई छ । बुधबारदेखि सञ्चालनमा आएको यस आधारभूत स्वास्थ्य केन्द्रमा सुगर, ब्लड प्रेसर जाँच, बच्चालाई खोप, महिलालाई प्रसूतिसम्बन्धी जाँच गरिने अध्यक्ष नेपालले बताए । हाल यस केन्द्रमा अहेवसहित तीन कर्मचारी कार्यरत छन् । टोखा–२ मा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालकारूपमा सञ्चालन गर्नका लागि वाग्मती प्रदेश समेतले स्वीकृति दिइसकेको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : ## टोखा–९, ##आधारभूत स्वास्थ्य केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्