Techie IT
शुक्रबार, माघ १७,२०८२

दशैंको बेलामा यौनक्षमता बढाउनका लागि यी खानेकुराहरु खानुहोस्


यौन क्षमताको कुरा गर्न मानिसले जतिसुकै संकोच गरे पनि, हिच्किचाहट भए पनि यो विशुद्ध शारीरिक आवश्यकताको कुरा हो । यौन क्षमता राम्रो भएन भने मानिसको शारीरिक, मानसिक र सामाजिक र पारिवारिक जीवन नै पनि अस्तव्यस्त बन्न सक्छ । खासगरी, भियाग्रा लगायत यौन क्षमता बढाउने आधुनिक औषधीहरुको जमानामा मानिसहरुले थुपै खानेकुराहरुले प्राकृतिक रुपमा नै पनि यौन क्षमतालाई बढाउन सक्छ भन्ने कुरातर्फ खासै ध्यान दिन छाडिसकेका छन् । यहाँ हामी त्यस्ता केही खानेकुराहरुका बारेमा उल्लेख गर्दैछौं ।

कुरिलो

https://www.eatthis.com

कुरिलोमा प्रशस्त मात्रामा फोलेट पाइन्छ । भिटामीन बीको एउटा रुप फोलेटले शरीरमा हिस्टामिनको उत्पादनमा सहयोग गर्छ । सही मात्राको हिस्टामीन महिला तथा पुरुष दुवैमा स्वस्थ यौन क्षमता कायम राख्नको लागि आवश्यक हुन्छ ।

एभोकाडो

https://www.eatthis.com

एभेकाडोमा शक्तिको उत्पादनको लागि अत्यावश्कय फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यसबाहेक यसो मानिसको मुड र स्वस्थ महसूस गराउने स्वस्थकर चिल्लो पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ ।

ब्लुबेरी

https://www.plantnet.com.au

शरीरमा डोपामिनको स्तर बढाउनको लागि ब्लुबेरीले महत्वपूर्ण भूमिका खेल्छ । ब्लुबेरीले शरीरमा डोपामिन निस्काशनको लागि क्षमता प्रदान गर्छ । डोपानमीन भनेको हाम्रो शरीरको शक्तियुक्त उत्प्रेरक न्यूरोट्रान्समिटर हो । त्यसले उमेरबृद्धिसँगै शरीरमा हुने डोपामिनको कमीबाट पनि बचाउँछ । यसले मस्तिष्कको शक्ति उत्पादनलाई बढाउनुको साथै मस्तिष्कको कार्यक्षमतालाई पनि जवान बनाइराख्छ । बढ्दो उमेरसँग घट्ने डोपामिनको तहलाई बढाउन र चाँडो बुढो हुन नदिनको लागि ब्लुबेरीले महत्वपूर्ण भूमिका खेल्छ ।

चिसो पानीमा पाइने माछा

https://i.ytimg.com

चिसो पानीमा पाइने माछाहरुमा ओमेगा ३ प्रशस्त मात्रामा हुने गर्छ । यस्ता माछाहरुले हाम्रो शरीरको यौन क्षमतलाई पनि बढाउन मद्दत गर्छ । ओमेगा ३ हाम्रो मस्तिष्क र स्नायु प्रणालीको स्वास्थ्यको लागि अति उपयोगी चीज हो । त्यसले हाम्रो मुडलाई ठीक राख्छ, स्वस्थ महसूस गराउँछ, डिप्रेसन हुन दिँदैन, छाला चम्किलो बनाउँछ र मस्तिष्कको क्षमता लाई बलियो बनाएर हाम्रो स्मरणशक्तिसमेत बढाइदिन्छ ।

चकलेट

https://www.eatthis.com

प्रेमको अनुभूति जागृत गराउने रसायन मानिने फेनाइलथायलामाइन (phenylethylamine)  कालो चकलेटमा पाइन्छ । सो रसायनले मानिसमा यौनेच्छा जागृत गराउने तथा यौन सक्रियता पैदा गराउने काममा समेत भूमिका खेल्छ भन्ने मानिन्छ । द जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक अध्ययनमा प्रत्येक दिन एउटा टुक्रा चकलेट खाने महिलाहरुमा नखाने महिलाको तुलनामा सक्रिय यौन जीवन बढी बिताउने गरेको पाइएको थियो ।

खरबूजा

https://www.eatthis.com

खरबुजामा प्रशस्त मात्रामा एल–सिट्रुलिन (L-citrulline),  नामक एमिनो एसिड पाइन्छ । एल–सिट्रुलिन रुपान्तरण भएर एल–आर्गिनाइन (L-arginine)  र नाइट्रिक अक्साइड (nitric oxide)  मा परिणत भएपछि शरीरमा राम्रोसँग रक्त प्रवाह हुनलाई सहयोग गर्छ । नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुकुलो बनाउन मद्दत गर्छ । शरीरमा नाइट्रिक अक्साइडको स्तर कम हुँदा मानसिक तथा शारीरिक थकान हुने तथा यौन दुर्बलता पैदा हुने हुन्छ । भियग्राले जस्तै खरबुजामा पाइने एल–सिट्रुलिनले पनि यौनांगहरुमा रक्तप्रवाहलाई बढाइदिन्छ । रोचक कुरा के छ भने यसको कुनै नकारात्मक असर पनि हुँदैन ।

यौन क्षमता बढाउने हुनाले कतिपय विज्ञहरुले त खरबूजालाई प्राकृतिक भियग्राको संज्ञा पनि दिने गर्छन् ।

लसुन

https://www.eatthis.com

लसुनमा एलिसिन  allicin) पाइन्छ । यो रसायनले यौनाङ्गहरुमा रक्तप्रवाह बढाउने काम गर्छ भन्ने विश्वास गरिन्छ । केही विज्ञहरुको रायमा त लसुन यौनेच्छा  बढाउने र यौनसन्तुष्टि दिने (aphrodisiac) अत्यन्तै शक्तिशाली खानेकुरा हो । तर यसले रातारात त्यो नतिजा चाहिँ दिँदैन । त्यसको लागि लसुनको ट्याब्लेट वा लसुन नै दैनिक रुपमा खाने गर्नुपर्छ । त्यसरी नियमित लसुन खाने हो भने त्यसको नतिजा एक महिनामै देखिन थाल्छ ।

सीपी

https://www.thespruceeats.com

समुद्रमा पाइने सीपी (Oysters)  खाद्य पदार्थको रुपमा पनि उपभोग हुने गर्छ । सीपीमा प्रशस्त मात्रामा जिंक पाइन्छ । जिंक शरीरमा टेस्टोस्टेरोन (testosterone)   को उत्पादन गर्न र हाम्रो शुक्रकीटलाई स्वस्थ राख्नको लागि अत्यावश्यक हुन्छ । त्यसो त महिलामा पुरुषको तुलनामा टेस्टोस्टेरोन कमै हुन्छ तर यसले पनि महिलाको यौनेच्छामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । सीपीले महिला तथा पुरुष दुवैमा यौनेच्छा जागृत गर्ने रसायन डोपामाइनलाई पनि बढाउने गर्छ ।

बदाम

https://www.southernexposure.com

अध्ययनहरुले देखाएको छ, र एल–आर्गिनाइन पुरुषहरुको यौनक्षमता बढाउनको लागि उपयोगी हुने गर्छ । बदाममा प्राकृतिक रुपमा नै प्रशस्त मात्रामा र एल–आर्गिनाइन हुने गर्छ । यो रसायनले शरीरमा रक्तनलीहरुलाई सहज तुल्याउने नाइट्रिक अक्साइड बनाउन मद्दत गर्छ । प्रारम्भिक अध्ययनहले देखाएअनुसार र एल–आर्गिनाइनले मानिसको यौन दुर्बलतालाई समेत हटाउन मद्दत गर्छ ।

फर्सीको बियाँ

https://www.eatthis.com

सीपीमा जस्तै फर्सीको बियाँमा पनि प्रशस्त मात्रामा जिंक पाइन्छ । फर्सीको बियाँले मािनसको प्रोस्टेट ग्लान्डलाई स्वस्थ राख्न मद्दत गर्छ । माथि पनि उल्लेख गरिसकिएको छ, जिंकले महिलाहरुको यौनक्षमतालाई बढाउने काम गर्छ । एउटा अध्ययनले फर्सीको बियाँ यौनेच्छा जागृत गराउने राम्रो खाद्य पदार्थ हो भन्ने देखाएको छ । फर्सीको बियाँमा प्रशस्त मात्रामा ओमेगा ३ पनि पाइन्छ । बताइबस्नु पर्दैन कि स्वस्थ यौन जीवनको लागि ओमेगा ३ अति आवश्यक चीज हो ।


क्याटेगोरी : जीवनशैली
ट्याग : #hot, #यौनक्षमता बढाउनका


तपाईको कमेन्ट लेख्नुहोस्