बर्दिवासमा ओमकार टेलिभिजनका संस्थापक मुकुन्द शर्माको अवलोकन भ्रमण
महोत्तरी, बर्दिवास (२४ वैशाख) – ओमकार टेलिभिजनका संस्थापक तथा लड्केश्वर धामका पीठाधीश्वर श्री मुकुन्द शर्मा हुमागाईं केही दिनदेखि बर्दिवास नगरमा भेटघाटको क्रममा रहनुभएको छ । धार्मिक, सामाजिक र सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका शर्माजीको यो बसाइ विशेष चासोको विषय बनेको छ ।
आजको दिन उहाँले बर्दिवासस्थित केही महत्वपूर्ण स्थानहरूको अवलोकन भ्रमण गर्नुभएको छ । उहाँले ‘हाम्रो माया घर’ पुगेर सेवामा समर्पित संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो भने शुभ स्वस्तिक हस्पिटलमा पुगेर स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
त्यस्तै, नेहा खाद्य उद्योगको अवलोकन गर्दै उद्योगले स्थानीय उत्पादन र रोजगारीमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । त्यसपछि सिटिजन लाइफ इन्स्योरेन्स बर्दिवास शाखामा समेत पुगेर बीमा सेवाको प्रभावकारिता तथा जनताको पहुँचबारे बुझ्नुभएको थियो साथै भजनद्वारा उपस्थित सम्पूर्णलाई ज्ञान बाँड्नुभएको थियो ।
शान्त, सरल र आध्यात्मिक व्यक्तित्व बोकेका मुकुन्द शर्माको यो अवलोकन भ्रमणले बर्दिवासका विभिन्न क्षेत्रलाई उत्साहित बनाएको देखिएको छ । उहाँको उपस्थितिले नगरवासीहरूमा पनि उल्लास थपिएको छ ।
शर्मा संस्थापक रहेको ओमकार टेलिभिजनबाट बर्दिवास नगरको विषय वस्तुमा आधारित ‘पञ्चामृत’ कार्यक्रम हप्तामा एक पटक प्रशारण समेत हुँदै आइरहेको छ ।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्