के तपाईको मोबाइल हराएको छ ? यस्तो छ खोज्ने सजिलो तरिका

अहिले महंगा मोवाइल प्रयोग गर्ने एक प्रकारको फेसन नै बनेको छ ।साथै मानिसहरुले मोवाइलाई बहुउपयोगी साधानका रुपमा पनि प्रयोग गर्छन् ।मोवाइलमा फोन नम्बर मात्रै हैन, जिन्दगीका कतिपय अविस्मरणीय पल पनि राखिएका हुन्छन् ।जब मोवाइल हराउँछ एकतर्फ पैसाको क्षति हुन्छ भने अर्कोतर्फ मोवाइलमा रहेका उपयोगी सामग्री नष्ट हुन्छन् ।
तरपनि मोबाइल हराउने खतरा जहिले पनि हुन्छ । यस्तोमा हराएको मोबाइल कसरी फेला पार्ने ? यो आलेखमा हराएको मोवाइल फेला पार्ने उपयोगी उपाय उल्लेख गरिएको छ ।
यो उपायले एन्ड्रोइड फोनमा मात्रै काम गर्छ । यसका लागि निम्नखिखित उपायहरु अपनाउनुहोस् ।
पूर्वसावधानी फोन हराउनुभन्दा अगाडि नै तपाईंले सावधानी अपनाउनुभयो भने हराएपछि खोज्न सजिलो हुन्छ ।
यसका लागि तपाईं सबैभन्दा पहिले एन्ड्रोइड स्मार्टफोनमा गुगल सेटिङमा जानुस् । त्यहाँ सेक्युरिटी आइकनमा गएर तपाईंले ‘लोकेट द डिभाइस’ अप्सनलाई अन गर्नुपर्छ । यो अप्सनबाट तपाईंले आफ्नो हराएको फोन पत्ता लगाउन सक्नुहुन्छ ।
कम्प्युटरबाट ट्र्याक गर्ने यसका लागि कम्युटरको ब्राउजर खोलेर एन्ड्रोइड डिभाइस म्यानेजरमा जानुस् । यहाँ तपाईंले आफ्नो जिमेल एकाउन्ट लग इन गर्नुपर्ने हुन्छ ।
ध्यान राख्नुस् कि, तपाईले यहाँ त्यही इमेल आइडी यहाँ राख्नुपर्छ जुन आफ्नो फोनको गुगल प्लेस्टोर लगइन गर्नलाई राख्नुभएको थियो ।
त्यसपछाडि एउटा नक्शा देखिन्छ । यसले तपाईंको एन्ड्रोइड फोनलाई ट्रयाक गर्छ ।
र, यसको लोकेसन देखाइदिन्छ । जुन ठाउँमा तपाईंको फोन हुन्छ, त्यसको पूरा ठेगाना देखाइदिन्छ ।
यसको अलावा यहाँ तीन अप्सन, ‘रिङ, लक र इरेज’ दिइएको हुन्छ । रिङ अप्सनमा क्लिक गर्दा तपाइको फोनको घन्टी बज्छ ।
लक अप्सनमा जाँदा स्त्रिनमा पासवर्ड हाल्नुपर्ने हुन्छ । इरेज अप्सनको प्रयोग गर्दा एन्ड्रोइड फोनमा भएका तपाईका सबै निजी डाटाहरू मेटिन्छन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #मोबाइल हराए
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्