टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै

काठमाडौं। टोखा नगरपालिकाको मेयर प्रकाश अभिकारीको अगुवाईमा टोखामा सार्बजनीक जग्गा नगरपालिका मातहात ल्याउने काम तिव्र रुपमा अगाडी बढेको छ । बिष्णुमती करीडोर , अन्य र्साजनीक पार्क सहित १४०० रोपनी नगरपालिका माताहाल ल्याउन सफल मेयर अधिकारीले बसुन्धरा इसान अस्पताल आसपास रहेको १०।५ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान देखि सुरु गरेका छन।
नगरपालिकाले माघ २४ गतेसम्मका लागि दिएको अन्तिम सूचना अनुसार घर टहरा र कवाडी हटाउन समय दिएको थियो, तर निर्धारित समयसम्म अतिक्रमण नहटेपछि जग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको हो।
विभिन्न व्यक्ति र कवाडी व्यवसायीहरूले यो सार्वजनिक जग्गा लामो समयदेखि अवैध रूपमा प्रयोग गर्दै आएका थिए। मेयर प्रकाश अधिकारीको अगुवाईमा नगर प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूको सहभागितामा जग्गा खाली गराई चारैतिर तारबार लगाउने काम सुरु गरिएको छ।
सार्वजनिक जग्गामा बनाइएका अस्थायी टहरा र संरचना हटाउन स्थानीय बासिन्दाहरूले पटक–पटक नगरपालिकालाई आग्रह गर्दै आएका थिए।
जग्गा खाली गराउने कार्यमा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, र विभिन्न वडाका जनप्रतिनिधिहरू स्वयं फिल्डमा खटिएका छन्। नगरपालिकाको यो कदमले स्थानीय बासिन्दामा खुशी र सन्तोषको भावना जागृत भएको छ।
यससँगै, ग्रान्डी टावर वरपरको सरकारी जग्गाको संरक्षण कार्य पनि नगरपालिकाको पहलमा सुरु गरिएको छ। त्यस्तै, ३० वर्षदेखि व्यापारीहरूले अतिक्रमण गरी सञ्चालन गर्दै आएको नयाँ बसपार्क क्षेत्र र विष्णुमति खोलासम्म फैलिएका टहरा हटाउने अभियान पनि नगरपालिकाले पहिले नै सुरु गरिसकेको छ।
टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अन्य अतिक्रमित सरकारी जग्गाहरूलाई पनि खाली गराई संरक्षण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा १४०० रोपनी अतिक्रमित सार्वजनिक जग्गा संरक्षणमा सफल मेयर प्रकाश अधिकारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्