तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
काठमाडौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन र वडा नम्बर ५ का वडाध्यक्ष शम्भुप्रसाद फुँयालबीच फोहोरको उठाउने कम्पनीको वैधानिकतालाई लिएर विवाद भएको छ ।
तारकेश्वरमा फोहोर उठाउने कम्पनीको वैधानिकता खोज्दै वडाध्यक्ष शम्भुप्रसाद फुँयालले फेसबुकमा स्टाटस लेखेपछि लिखित सवाल–जवाफ नै भएको हो । जनताले फोहोरममैलाको नाममा वार्षिक ७ करोड बुझाउने लेखेका थिए । स्थानीय जनताले फोहोरबापत बुझाएको रकम कहाँ जाने यकिन नभएको फुँयालको भनाई थियो ।
सामाजिक सञ्जालमा फुँयालले स्थानीयले फोहोरको रकम ‘कसलाई बुझाउँछन् । थाहा छैन । हिजोको मेयर पनि चुप आजको मेयर पनि चुप’ भनी लेखेपछि नगरप्रमुखले वडाध्यक्षलाई लिखित स्पष्टीकरण सोधेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार सार्वजनिक शिष्टाचार उल्लंघन गरेको जनाउँदै नगर प्रमुख महर्जनले सत्य तथ्य पेश गर्न तीन दिनको समय दिए ।
७ माघ ९सोमबार ० वडाध्यक्ष फुँयालले नगरमा फोहोर उठाउने प्रक्रियामा वैधानिकताको प्रश्न फेरि उठाउँदै मेयर महर्जनलाई जवाफ दिएका छन् । फोहोर उठाउने कम्पनीले प्रति घर मासिक ३ सयका दरले शुल्क लिएपनि वैधानिकता भने नपाएको वडाध्यक्ष फुँयालको दाबी छ ।
‘कांग्रेसबाट निर्वाचित महर्जन नेता भीमसेन दास नजिक छन् भने वडाध्यक्ष फुँयाल काठमाडौं जिल्ला सभापति सबुज बानियाँ निकट हुन् ।
यस्तै जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत जनक राज पन्त बिच विवाद हुँदा नगरपालिकाको दैनिक कार्य ठप्प भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कार्यकारी पनि असन्तुष्ट, #तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्