ट्रम्पका विशेष दूत काठमाडौं आउँदै, बालेनले भेट्न गरे इन्कार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदैछन् । उनी आज साँझ काठमाडौं आइपुग्ने बताइएको छ ।
गोर दक्षिण तथा मध्य एशिया मामिला हेर्ने ट्रम्पका विशेष दूत हुन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल,अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, प्रधानसेनापति अशोकराज सिग्देलसँगको भेटघाट गर्ने तय भएको छ ।
गोरले प्रधानमन्त्री बालेन्द्र साहलाई पनि भेट्न खोजेकामा बालेनले भने भेट्न इन्कार गरेका बताइएको छ । यसअघि अप्रिल २० मा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरको टोलीलाई पनि प्रधानमन्त्री साहले भेट्न इन्कार गरेका थिए ।
बालेनको नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी सबैभन्दा उच्च ओहोदाका अमेरिकी कुटनीतिज्ञ हुन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #ट्रम्पका विशेष दूत काठमाडौं आउँदै, #बालेनले भेट्न गरे इन्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्