Techie IT
बिहीबार, चैत्र १९,२०८२

अमेरिकामा ट्रम्पविरूद्ध ८० लाख मानिस सडकमा


काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध विशाल प्रदर्शन भएको छ ।

ट्रम्पविरूद्ध भएको ‘नो किङ्ग्स र्‍याली’मा ८० लाख मानिस सहभागी भएका छन् । ट्रम्पविरूद्ध अमेरिकाका सबै ५० राज्यका ३३ सयभन्दा बढी स्थानमा प्रदर्शन भएको हो ।

आयोजकहरूका अनुसार अक्टोबरमा भएको नो किङ्ग्स प्रदर्शनको तुलनामा यसपटक करिब ८० लाख बढी मानिस सहभागी भएका छन् भने ६ सयभन्दा बढी कार्यक्रम आयोजना गरिएको थियो ।

प्रदर्शनमा सहभागीले ट्रम्पको नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #अमेरिकामा ट्रम्पविरूद्ध ८० लाख मानिस सडकमा


तपाईको कमेन्ट लेख्नुहोस्