यूपी बसमा आगलागी : दुई नेपालीको मृत्यु, सातजना अस्पताल भर्ना
भारतको उत्तर प्रदेशमा बसमा आगलागी हुँदा घाइते भएकामध्ये दुई जना नेपालीको मृत्यु भएको छ ।
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीका अनुसार, सोमबार मध्य राति भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको थियो ।
भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरको यूपी २२एटी ०२४५ को निजी बसमा कुल ४५ यात्रु सवार थिए ।
बसमा यात्रा गर्ने अधिकांश यात्रुको ठेगानामा ‘बुटवल’ उल्लेख रहेको पाइएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार आगलागीमा परी घाइते भएकामध्ये सात जना जति अस्पताल भर्ना भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
सामान्य अवस्थामा रहेका २० जना फर्किसकेका जनाइएको छ ।
क्याटेगोरी : banner, अन्तर्राष्ट्रिय
ट्याग : #आगलागी भारत, #बसमा आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्