भारतमा फैलियो कोभिड संक्रमण, नेपालसँग जोडिएका प्रदेशमा पनि भेटिए संक्रमित
काठमाडौं । भारतमा कोभिड १९ संक्रमण फैलिएको छ । सरकारी समाचार संस्था पिटिआईले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै देशभर एक हजार भन्दा बढी कोभिड संक्रमितहर भेटिएको जनाएको छ ।
तीमध्ये सबैभन्दा बढी ४३० संक्रमित केरल राज्यमा भेटिएका छन् भने नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र पश्चिम बंगालमा पनि सक्रिय संक्रमित फेला परेका छन् ।
महाराष्ट्र,दिल्ली,गुजरातमा पनि सय भन्दा बढी संक्रमित भेटिएका छन् । महाराष्ट्र र अन्य कतिपय स्थानमा केही व्यक्तिको कोभिड संक्रमणका कारण हालैका दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । कर्नाटकका मन्त्री दिनेश गन्डुले अहिले नै आत्तिने अवस्था नभए पनि सतर्क रहन आह्वान गरेका छन् ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #नेपालसँग जोडिएका प्रदेशमा पनि भेटिए संक्रमित, #भारतमा फैलियो कोभिड संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्