भारतमा कोरोना सङ्क्रमित बढ्दै : १२ जनाको मृत्यु, १०८३ सङ्क्रमित
काठमाडौँ, जेठ १४ गते । भारतमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १०८३ पुगेको छ भने १२ जनाको मृत्यु भएको छ भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार सबैभन्दा धेरै सङ्क्रमित अर्थात् ४३० केरला राज्यमा देखिएका छन् ।
मङ्गलबार कर्नाटकमा ३६, गुजरातमा १७, विहारमा पाँच र हरियाणामा तीन जना नयाँ सङ्क्रमित भेटिएका छन् । साथै गुजरातमा १३ जना सङ्क्रमित निको भएका छन् ।
यसैबिच, उत्तर प्रदेशको फिरोजाबादमा मङ्गलबार उपचारको क्रममा ७८ वर्षीय कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोभिडको नयाँ भेरियन्टका कारण भएको पहिलो मृत्यु हो ।
यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा गरी ११ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या १२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतमा कोभिड–१९ को चार नयाँ भेरियन्ट फेला
भारतमा हालसम्म कोभिड–१९ को चार नयाँ भेरियन्ट देखिएको छ । जसमा एलएफ. सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ ।
विश्व स्वास्थ्य सङ्गठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ ।जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधाभन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ । यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उप–प्रकार २० प्रतिशत देखा परेका छन् ।
जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो । यसमा करिब ३० म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ । जेएन.१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन । विश्वका धेरै देशमा यो नै प्रमुख भेरियन्ट बनेको छ ।
त्यस्तै एनबी.१.८.१ विभिन्न स्पाइक प्रोटिन म्युटेसन जस्ता प्रोटिन म्युटेसनले अन्य भेरियन्टको तुलनामा यसलाई छिटो फैलन मद्दत गर्छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #१०८३ सङ्क्रमित, #breaking, #भारतमा कोरोना सङ्क्रमित बढ्दै : १२ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्