विश्व क्यान्सर दिवसको अवसरमा माघ २२ गते बृहत क्यान्सर सचेतना मुलक र्याली हुने
काठमाडौं– नेपाल अर्बुद निवारण संस्था को आयोजनामा यही फेब्रुअरी ४, २०२५ (माघ २२) का दिन काठमाडौंको भृकुटी मण्डपबाट विहान ७ बजे शुरू हुने विश्व क्यान्सर दिवस को अवसरमा बृहत क्यान्सर सचेतना र्याली आयोजना गरिने भएको छ।
क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त र्यालीमा समाजका पदाधिकारी, चिकित्सक, विद्यार्थी, स्वयंसेवक तथा सर्वसाधारणको सहभागिता रहनेछ। नेपाल अर्बुद निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठ ले सबैलाई कार्यक्रममा सहभागी भई क्यान्सरविरुद्धको अभियानलाई सशक्त बनाउन आग्रह गरेका छन्।
समयमै रोग पहिचान गरी उपचार गर्न सकेमा क्यान्सरबाट बच्न सकिने भएकाले सचेतनाका यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : ## काठमाडौं, #नेपाल अर्बुद रोग निवारण सस्था, #फ्रेब्रुवरी 4, #महेश श्रेष्ठ, #सचेतना र्याली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्