विश्व क्यान्सर दिवसको अवसरमा माघ २२ गते बृहत क्यान्सर सचेतना मुलक र्याली हुने
काठमाडौं– नेपाल अर्बुद निवारण संस्था को आयोजनामा यही फेब्रुअरी ४, २०२५ (माघ २२) का दिन काठमाडौंको भृकुटी मण्डपबाट विहान ७ बजे शुरू हुने विश्व क्यान्सर दिवस को अवसरमा बृहत क्यान्सर सचेतना र्याली आयोजना गरिने भएको छ।
क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त र्यालीमा समाजका पदाधिकारी, चिकित्सक, विद्यार्थी, स्वयंसेवक तथा सर्वसाधारणको सहभागिता रहनेछ। नेपाल अर्बुद निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठ ले सबैलाई कार्यक्रममा सहभागी भई क्यान्सरविरुद्धको अभियानलाई सशक्त बनाउन आग्रह गरेका छन्।
समयमै रोग पहिचान गरी उपचार गर्न सकेमा क्यान्सरबाट बच्न सकिने भएकाले सचेतनाका यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : ## काठमाडौं, #नेपाल अर्बुद रोग निवारण सस्था, #फ्रेब्रुवरी 4, #महेश श्रेष्ठ, #सचेतना र्याली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ८पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित






तपाईको कमेन्ट लेख्नुहोस्