साङ्गलाको चुनीदेबी जिममा युवाको आकर्षण बढ्दो
साङ्गला तारकेश्वर काठमाडौं । आकर्षक देखिने र स्वास्थ्यप्रतिको जागरुकताका कारण साङ्गलामा ब्यायाम गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ ।
बिहानीको हिँडाइ र खुल्ला मैदानमा गरिने ब्यायाम मात्र होइन यहाँ जिम जानेको सङ्ख्या पनि विस्तारै बढ्न थालेको पाइन्छ । जिममा आधुनिक प्रविधिका उपकरणको प्रयोगबाट ब्यायाम गर्न पाइने भएकाले त्यसतर्फको आकर्षक विशेष गरी युवा पुस्तामा बढ्दै गएको छ । जसका कारण साङ्गला बिहानी चोकमा सुबीधा सम्पन्न चुनिदेबी जिम हाउसको स्थापना भएको छ ।
बढ्दो शहरीकरणमा अछुतो रहन नसकेको तारकेश्वर साङ्गलामा अहिले दिनभरिको बसाइँयुक्त कामले शरीरलाई एका बिहानै तरोताजा र स्वस्थ बनाउन जिमखाना जाने, बिहानको हिँडाइ र मैदानमा ब्यायाम गर्ने बढ्दै गएको सञ्चालक धुब्र तिमिल्सिनाको भनाई छ ।

स्वास्थ्य रहन जिममा आउनु धेरै फाइदा भएको र यसले दीर्घकालिन रुपमा मासिनलाई स्वस्थ्य राख्ने भएकाले प्रशिक्षक अवाले जिममा दैनिक २ घण्टा समय खर्चिन सबैलाई तिमिल्सिना आग्रह गर्छन् ।
केही वर्ष अघिसम्म ब्यायामका लागि खुल्ला मैदानमा जानुबाहेकको विकल्प थिएन । अहिले यहाँ धमाधम ब्यायामशाला खुल्न थालेका छन् । नागरिकको ब्यायामप्रतिको आकर्षणलाई दृष्टिगत गरी ब्यायामशाला खुल्न थालेको जिमका प्रशिक्षक युनिक लामाको बुझाइ छ ।
युवाहरू शारीरिक रूपमा फिट हुन चाहन्छन् । कसिलो मसल्स तथा पेटमा सिक्स प्याक बनाउने रहर धेरैमा हुन्छ । फिट शरीरमा लगाइएको पहिरन अझ बढी खुल्ने भएकाले पनि धेरैको चाहना शरीरलाई आकर्षक बनाउने हुन्छ । यही चाहना पूरा गर्न फिटनेस सेन्टरमा युवाहरूको भीड लागेको प्रशिक्षक युनिक लामाको भनाई छ ।
सुविधायुक्त मेसिन र करिब ७ बर्ष कतारमा जीम प्रशीक्षणको अनुभव गरेका युनिक लामाको सीकाई प्रभाबकारी रहेको जिमर सागर कार्की बताउनुहुन्छ ।
अहिले दैनिक ६० देखि ८० जनालाई जिम सिक्न आउने र युवाहरुलाई आर्कषण गर्न जिम हाउसले धेरै मिहेनत गर्दै आएको अर्की जिमर राजेश श्रेष्ठ बताउनुहुन्छ ।

क्याटेगोरी : स्वास्थ्य
ट्याग : #चुनिदेबी जिम हाउस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्