२३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार २२२ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमितको सङ्ख्या नौ लाख ७८ हजार ३३२ पुगेको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ४० हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय थप २१५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार ८२३ पुगेको छ । निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कोहीको पनि ज्यान गएको छैन ।
पछिल्लो २४ घण्टामा २४ हजार ६९१ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या एक हजार ५५८ रहेको छ । हाल होम आइसोलेशनमा एक हजार हजार ५१३, संस्थागत आइसोलेशनमा ४५, आइसियुमा २३ र भेन्टिलेटरमा दुई रहेका छन् ।
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्