नर्भिकले मुख्य भवनमा कोभिड संक्रमितको उपचार नगर्ने
काठमाडौं । कोरोना संक्रमितको संख्या र दर घटेसँगै थापाथलीस्थित नर्भिक अस्पतालले आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन्कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ ।
कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो। तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रुपमा नन्कोभिड सेवा मात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए। कोभिड क्रिटिकल युनिट १५ शैयाको छ ।
उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरुको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै अलग्गै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ ।
नर्भिकले केही समयअघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपिडी सेवा’को समेत सुरुवात गरेको थियो। सो सेवा समेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ । सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहने समेत मिश्रले जानकारी दिए ।
उनकाअनुसार नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको झै उपचार सेवा प्रवाह हुनेछ ।
सर्वसाधारणले ढुक्क भएर पहिलाको झै विश्वस्तरीय स्वास्थ्य सेवा लिनसक्ने उनको भनाई छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #नर्भिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्