ॐ हस्पिटल र नबिल बैंक बीच सहुलियत सेवा सम्झौता
काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि। र नबिल बैंक लिमिटेड बीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।
नबिल बैंकको प्रधान कार्यालयमा विहिवार आयोजित एक संक्षिप्त कार्यक्रममा बैंकका ग्राहक कर्मचारी तथा परिवारजनलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सो सम्झौता भएको हो ।
सम्झौतापत्रमा ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध सम्पूर्ण सेवाहरुमा विशेष छुट पाउनेछन् ।
बैंकका ग्राहकले सो छुट बैंकको प्रिपेड, डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी अस्पतालको सेवाको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
त्यसैगरी नबिल बैंकले हस्पिटलका चिकित्साकर्मी तथा कर्मचारीहरुकालागि आफ्नो बैंकिङ सेवा सहज र सरल रुपमा उपलब्ध गराउने छ ।
नबिल बैंकले आफ्ना १३५ वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर १८७ वटा एटीएम सञ्चालनमा छन् ।
नेपालमा निजि क्षेत्रवाट सञ्चालित अग्रणि अस्पतालका रुपमा परिचित ॐ हस्पिटलले वि।सं। २०४६ सालदेखी निरन्तर रुपमा विशिष्टिकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ ।
३६ वटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जना भन्दा बढि नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जना भन्दा बढि कर्मचारीहरु सहितको विश्वस्तरिय उपचार सेवा प्रदान गर्दै आएको छ ।
विश्व स्तरिय उपचार सेवाकालागि गुणात्मक तथा सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको तथा आधुनिक उपकरणहरु समेत उपलब्ध रहेको ॐ हस्पिटलमा एकै छानामुनी सबै किसिमका उपचार सेवा उपलब्ध रहेका छन् ।
नेपालमा सन्तान विहिन दम्पतिहरुकालागि आइभिएफ सेवा( ९टेष्ट ट्युव बेबी० शुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजार भन्दा बढी दम्पतिहरुले वात्शल्य सुख प्राप्त गरिससकेका छन् ।
पछिल्लो पटक ॐ अस्पताल सघन उपचारको सुलभ र सहज गन्तव्यका रुपमा समेत परिचय बनाउन सफल भएको छ । क्रिटिकल केयर मेडिसिनमा डिएम गरेका विशेषज्ञ चिकित्सक तथा सघन उपचार नर्सिङमा विशेष तालिम प्राप्त नर्सिङ स्टाफहरुको संलग्नतामा उपचार सेवा प्रदान गरिने यस अस्पतालमा २० शैय्या सहितको लेभल थ्री आइसियू सेवा सञ्चालनमा रहेको छ ।
इमर्जेन्सि मेडिसिनमा डिएम गर्नुभएका विशेषज्ञ चिकित्सकको नेतृत्वमा आकस्मिक उपचार सेवा उपलब्ध रहेको छ । जसले इएमएस भ्यान सहित पेसेन्ट ट्रान्सफर तथा हवाई एम्बुलेन्स ९मेडिकल हेली रेस्क्यु० सेवा समेत सञ्चालनमा रहेको छ ।
ॐ हस्पिटलले पछिल्लो समयमा कोभिड १९ को महामारीको विशेष परिस्थितिलाई मध्येनजर गरी छुट्टै कोभिड इमर्जेन्सी सेवा, अलग्गै कोभिड आइसोलेशन वार्ड तथा कोभिड आइसियू समेत सञ्चालन गरेको छ । जस अन्तर्गत हजारौं कोभिड संक्रमितले उपचार पाइसकेका छन् ।
त्यसैगरी आगामी दिनमा आउनसक्ने नयाँ लहरहरुमा पनि पूर्ववत रुपमा सेवा प्रदान गर्ने प्रतिवद्धता अस्पतालले गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #ॐ हस्पिटल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्