डा. नूतन शर्माले अल्का छाडिन्, नर्भिकमा पूर्णकालीन सेवा सुरु
काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्णकालीन सेवा सुरु गरेकी छिन् ।
करिब १५ बर्षदेखि काम गर्दै आएको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालसँगको सहकार्य अन्तसँगै डा. शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी हुन् ।
अल्का अस्पतालमा आफ्नै फर्टिलिटि सेन्टर समेत सञ्चालन गर्दै आएकी डा. शर्माले मंसिर १ गतेदेखि अल्का अस्पतालसँगको सहकार्य अन्त गर्दै नर्भिकमै पूर्ण रुपमा सेवा सुरु गरेकी हुन् ।
काठमाण्डौैको थापाथलीस्थित नर्भिक अस्पतालमा संचालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा शुरु गरेको जानकारी दिइन । अल्काको आइभिएफ सेन्टर समेत डा. शर्माले नै सुरु गरेकी थिइन् ।
स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई आधुनिक सुविधासहित थप उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नर्भिक अन्तराष्ट्रिय अस्पतालमा आवद्ध भएको डा. शर्माले बताइन् ।
अल्कामा करिब १५ बर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी शर्माले प्रसूति तथा स्त्री रोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिस्कृत एवं उच्चस्तरीय सेवा दिने बताइन् ।
नर्भिक आइभिएफ सेन्टरमा नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको मोडुलर ओटी र जेनेटिक ल्याबसहितको टेष्टट्युब बेवी सेवा संचालन भएकाले बिरामीले तुलनात्मक रुपमा थप उच्चस्तरीय सेवा पाउने डा. शर्माको भनाई छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #डा. नूतन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्