‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्व नै आक्रान्त बनिरहेको बेला देशका विभिन्न ‘ब्लड बैंक’ तथा रेडक्रसहरुमा रगत अभाव देखिन थालेपछि विभिन्न सामाजिक संस्थाहरु रगत संकलनमा लागेका छ । सोहि समस्यालाई मध्यनजर गर्दै ‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’ले रक्तदान कार्यक्रम गरेको छ ।

काठमाडौंको शान्तिनगर स्थित ‘वेविलोन नेशनल स्कुल’मा उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा बरिष्ठ गीतकार इन्दिरा बोगटी, कलाकार दिपेन्द्र सोनाम सहितको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।

‘लाइन्स क्लव अफ काठमाडौं आरम्भ’का अध्यक्ष विज्ञान खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विनोद सुवेदीको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा ‘लाइन्स क्लव अफ काठमाडौं ग्रेड नेपाल’ का अध्यक्ष सन्तोष घिमिरे र पूर्व अध्यक्ष सूर्यबहादुर घिमिरेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमा ६६ जनाले रक्तदान गरेको आयोजक संस्थाले बताएको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #लाइन्स क्लव अफ काठमाडौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्