गाउँमै अल्ट्रासाउन्डबाट गर्भ जाँच
नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् ।
गाउँपालिकाको मुचु, याल्वाङ र याङ्गार गाउँमा १० महिलाको गर्भ जाँच गरिएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिनुभयो । नाम्खामा रहेका गर्भवतीहरू सुत्केरी हुन स्वास्थ्यचौकी नगएको अवस्थामा पछिल्लो समय स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको बोहराले बताउनुभयो ।
पटक–पटक जिल्ला अस्पताल हुम्ला, गाउँपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाले सुत्केरी महिला स्वास्थ्यचौकीमा गएर आफनो गर्भ जाँच, सुत्केरी गराउन विभिन्न किसिमका जनचेतना तथा सन्देश जारी गरेका कारण केही प्रतिशत मात्रै महिला गर्भ जाँचका लागि आउने गरेको बताइएको छ । नाम्खा गाउँपालिकामा गर्भ जाँच गरिएका १० महिलाको अवस्था सामान्य र राम्रो रहेको अनमी बोहराले बताउनुभयो ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #गाउँमै अल्ट्रासाउन्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्