आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ
आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’
काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ’आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको हुन उक्त नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गरेका हुन ।
आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको छ । यसका साथै पछिल्लो समय व्यस्तताका कारण अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पर्याप्त समय नदिँदा उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो नकारात्मक परिणाम निस्कन्छ भन्ने कुरालाई पनि नाटकमा बडो मार्मिक ढंगले देखाइएको छ । नाटकले विशेष गरी युवा पुस्तामा बढ्दो लागुपदार्थको दुव्र्यसनी र यसले समाजमा पारेको गम्भीर असरका कुराहरुलाई दर्शाउछ । समाजमा अझै पनि चुनौतीका रूपमा रहेको बालविवाह र यसले समाजमा पार्ने बहुआयामिक प्रभावलाई समेत नाटकको मुख्य विषयवस्तु हो ।
सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धिका लागि अत्यन्तै प्रभावकारी हुने अपेक्षा गरिएको नाटकमा दिवाकार घिमीरे, सागर कार्की दीपमाला परियार, सेविता अधिकारी अञ्जु खड्का र रुबिन सुनुवारको अभिनय, संवाद र प्रस्तुति निकै प्रभावकारी छ । नाटकभित्र पुरु लम्सालको लेखन तथा निर्देशकीय पक्षलाई हेर्दा सामाजिक यथार्थ, मानवीय सम्बन्ध र समकालीन समस्यालाई कलात्मक ढंगले प्रस्तुत गर्ने विशेषता देखिन्छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्