५०औँ जन्मदिनमा बर्दिवासका बालबालिकाका लागि हिरा गौतमको योगदान
जीवनराज दाहाल : पौष ६, बर्दिवास
समाजप्रतिको उत्तरदायित्वलाई व्यक्तिगत पर्वसँग जोड्दै समाजसेवी हिरा गौतमले आफ्नो ५०औँ जन्मदिनको अवसरमा समाजसेवा र शिक्षामा नयाँ आयाम थपेका छन् । उनले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने लक्ष्यसहित ‘गौतम होटल शिक्षा अक्षय कोष’ स्थापना गरेका हुन् । रु ३ लाख ११ हजार रुपैयाँ बराबरको यस अक्षय कोषले आर्थिक सहयोग मात्र होइन, समुदायप्रति उनको गहिरो प्रतिबद्धता र शिक्षाप्रतिको प्रेम पनि स्पष्ट रूपमा देखाएको छ ।

बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यसहित स्थापना गरिएको कोषले “तपाईं हाम्रो अभियान, शिक्षामा योगदान” भन्ने मूल नारालाई आत्मसात गर्दै अगाडि बढ्नेछ । गौतम होटलको पहलमा स्थापना भएको यो अक्षय कोषले पछाडि परेका समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले बताए ।

कार्यक्रममा सहभागी अतिथिहरू, समाजसेवीहरू तथा पत्रकारहरूले जन्मदिनलाई सामूहिक हित र शिक्षासँग जोड्ने गौतमको उदाहरणीय कदमको उच्च प्रशंसा गर्दै उनलाई हार्दिक शुभकामना दिएका थिए । वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै, यस्ता अक्षय कोषमार्फत गरिने सहयोगले मुसहर बस्तीका बालबालिकालाई उज्ज्वल भविष्यतर्फ डोर्याउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रम बर्दिवासस्थित गौतम होटलकै सभाहलमा सम्पन्न भएको थियो, जहाँ बुद्धिजीवी, पत्रकार र मुसहर बस्तीका बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । जन्मदिनजस्तो व्यक्तिगत क्षणलाई समुदाय र शिक्षाको सेवामा समर्पित गर्ने यस पहलले बर्दिवास मात्र होइन, सम्पूर्ण समाजको गौरव बढाएको छ ।
क्याटेगोरी : banner, education, ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य, समाज, स्थानीय
ट्याग : #bardibas mahottari, #gautam hotel, #hira gautam, #hiralal gautam, #हिरा गौतम, #हिरालाल गौतम बर्दिवास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्