नेपालकै पहिलो नृत्य निर्देशक भैरब बहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह, तथा वरिष्ठ लोकगायक रेशम थापा सम्मानित
नेपाली नृत्य निर्देशनका आधारशिला मानिने तथा नेपालकै पहिलो नृत्य निर्देशक भैरब बहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह, र वरिष्ठ लोकगायक तथा शब्द सङ्कलक रेशम थापालाई जनही रू. ५५५५, दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको छ।
मंसिर ६ गते प्रतिष्ठानका पदाधिकारीहरूको टोलीले प्रत्येक स्रष्टाको घरमै पुगेर परिवारजनको उपस्थितिमा सम्मान हस्तान्तरण गरेको थियो। घरमै सम्मान पाएका स्रष्टाहरूले संस्थाको पहलप्रति खुशी व्यक्त गर्दै नेपाली कला–संस्कृतिको समृद्धिका लागि संस्थाले निरन्तर योगदान दिइरहोस् भन्ने शुभकामना व्यक्त गरे।
९३ वर्षीय नृत्य प्रशिक्षक भैरब थापाका सुपुत्र तथा संगीत संयोजक महाराज थापाले कार्यक्रममा थापाले देश–विदेशमा नेपाली नृत्य विकासमा पुर्याएको योगदान समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ गीतकार रमेश दहाल, वरिष्ठ संगीतकार एवं गायक कमल अधिकारी, अध्यक्ष नारायण बहादुर थापा, वरिष्ठ उपाध्यक्ष दिपक शर्मा, उपाध्यक्ष सुजाता केसी, महासचिव सनम कठायत, सचिव रिता केसी, कोषाध्यक्ष प्रतिक्षा काफ्ले लगायत पदाधिकारीहरू तथा सदस्यहरू उपस्थित थिए। सम्मानित व्यक्तित्वहरूका परिवारजन पनि सहभागी थिए।
यस सम्मानको पहिलो संस्करण २०८० मा खड्ग गर्बुजा, चैत्यदेवी र शशी बिक्रम शाहलाई प्रदान गरिएको थियो भने २०८१ मा भैरव रिसाल, माणिकरत्न स्थापित र प्रदिप कुमार उपाध्याय सम्मानित भएका थिए।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नृत्य निर्देशक भैरब बहादुर थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्