विनोद वानियाको ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज
गायक विनोद वानियाले ‘मान्छेको जुनी अचम्मै हुने रैछ नी’ गीतको भिडियो रिलिज गरेका छन् । गायक बानियाले भिडियो आफ्नो वैवाहिक वर्षगाठको अवसर पारी आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् ।
युवा निर्देशक विभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिमिरे, एनजे सागर शाह र अनिता पौडेलको अभिनय हेर्न पाइन्छ ।
सन्तोष कोन्मेले खिचेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् । विनोद वानियाको आवाजमा रहेको गीतमा संगीत विवि अनुरागीको हो भने रचना राजकुमार बगरले गरेका छन् । गीत तेजेन्द्र गुरुङको एरेन्जमा तयार भएको हो ।
भिडियो उत्कृष्ट बनेको विनोदले बताए । ‘भिडियो राम्रो बनेको छ, आशा छ दर्शकको साथ पक्कै मिल्नेछ’ उनले भने ।
भिडियोलाई उत्कृष्ट बनाउन आफुले मेहनत गरेको निर्देशक पोखरेल बताउँछन् । ‘भिडियो राम्रो बनेको छ, गीतलाई न्याय गर्न सकेकी सकिन त्यसको मुल्याकंन दर्शकले गर्नुहुनेछ’ उनले भने । यथार्थ चरित्रलाई अभिनयको माध्यमबाट जिवन्तता दिँदै पर्दामा देखाउन खप्पिस कलाकार प्रकाश घिमिरेसँग काम गर्न पाएको भन्दै निर्देशक पोखरेल झनै उत्साहित छन् ।
यता कलाकार प्रकाश घिमिरेले म्युजिक भिडियोमा मुख्य कलकारको रुपमा पहिलोपटक अवसर पाएको बताउँछन् । ‘म्युजिक भिडियोमा पहिलो पटक मुख्य कलाकारको रुपमा मलाई हेर्न सक्नु हुनेछ, रमाइलो अनुभव रह्यो, भिडियो हेरपछि प्रतिक्रियाको आशामा छु’ घिमिरेले भने ।
गायक वानियाका मान्छे, डाउट र प्रोफाइल गरी तीनवटा एलबम बजारमा आइसकेका छन् । उनले झण्डै ५० को हाराहारीका गीतमा आफ्नो सुमधुर आवाज भरीसकेका छन् । यतिनै गीतमा संगीत सँयोजन गरेका बानियाले केही गीत रचना गर्न समेत भ्याएका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #विनोद वानिया
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्