तुम्लिङटारमा आज ” खेमराज स्मृति साझ ” कार्यक्रम हुदै
खाँदबारी, कार्तिक २१ गते : संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा शुक्रबार साँझ “खेमराज स्मृति साँझ” आयोजना हुँदैछ। तुम्लिङटार स्पोर्टिङ क्लबको आयोजनामा हुने कार्यक्रममा डेढ दर्जनभन्दा बढी चर्चित तथा स्थानीय कलाकारहरूले प्रस्तुति दिने तयारी गरिएको छ।
आज हुने कार्यक्रममा रचना रिमाल, कमलीकान्त भेटुवाल, उमाङ लामा, सुरेन्द्र पुलामी, टिका मगर, केयर एण्ड द लुङ्गा ब्याण्ड, बिराट तामाङ, दखिन राई, अपन श्रेष्ठ, नविन दाहाल, सुनिता तामाङ, सुशान्त मगर, यमकुमार घिमिरे, पासाङ घिसिङ र मनिश गदाईली लगायतका कलाकारहरूको आकर्षक प्रस्तुति रहने क्लबले जनाएको छ।
क्लबका अध्यक्ष देवेन्द्र घिमिरेका अनुसार कार्यक्रम आज दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ। मूलतः मनकामना मेलामा आयोजना गर्ने तयारी गरिएको भए पनि प्रतिकूल मौसमका कारण कार्यक्रमलाई आजका लागि सारिएको हो।
नेपाली संगीत, संस्कृति र साहित्यमा स्व. खेमराज गुरुङले पुर्याएको योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष आयोजना हुदै आएको यो कार्यक्रमले मौलिक नेपाली संगीत, कला र सांस्कृतिक पहिचानलाई जोगाउन र नयाँ पुस्तामा प्रेरणा जगाउन उद्देश्य राखेको क्लबले जनाएको छ।
—
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #hot, #खाँदबारी नगरपालिका, #खेमराज गुरुङ, #खेमराज स्मृति, #तुम्लिङटार, #संखुवासभा, #सांगेतिक कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्