‘मिस वर्ल्ड’ को तयारीमा लुना
आउँदो विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व ‘मिस नेपाल २०२५’ लुना लुइँटेलले गर्ने भएकी छन् ।
यसको औपचारिक घोषणा हुन त बाँकी छ तर, प्रतियोगिताको तयारी उनले तीव्ररुपमा थालेकी छन् । प्रतियोगिता आयोजना स्थल र मिति पनि घोषणा हुन बाँकी छ ।
सन् २०२६ को सुरुवाती महिनाहरूमा आयोजना हुनसक्ने अनुमानको साथमा लुनाको तयारी भैरहेको छ । मिस वर्ल्डका महत्वपूर्ण विधा ब्यूटी विथ पर्पस, हेड टु हेड र फिटनेस विधाको तयारीमा उनी सक्रिय छिन् ।
‘ब्युटी विथ पर्पस’ विधाका लागि उनले दूर चिकित्सा (टेलि-मेडिसिन) परियोजनालाई अघि बढाउने सोच बनाएकी छन् । जनस्वास्थ्यकी विद्यार्थी समेत भएकाले लुनाको रुचि दूर-चिकित्सातर्फ देखिन्छ ।
‘हेड टु हेड च्यालेन्ज’ पनि महत्वपूर्ण भएकाले उनले पब्लिक स्पिकिङ, सञ्चार र अन्तक्रिया जस्ता क्षमता पनि अभिवृद्धि गर्ने तयारी गरेकी छन् । टोस्ट-मास्टर प्लाटफर्मबाट आफूले अभिव्यक्ति र सञ्चार कला सिक्ने उनको भनाइ छ ।
यसबाहेक जस्मिन फिटनेसमा उनले जिम, पौडी लगायतका फिटनेस कला सिकिरहेकी छन् । आफूले जितको लागि दबाब नलिएको र उत्कृष्ट दिन प्रयास हुने उनले बताइन् ।
‘मिस नेपालको प्रतिस्पर्धामा पनि मैले यस्तै सोचसहित प्रतिस्पर्धा गरेकी थिएँ’ लुनाले भनिन्, ‘मिस वर्ल्डमा पनि त्यही गर्नेछु ।’ उनले यसबाहेक योग पनि गर्दै आएकी छन् ।
कोभिडको कारण मिस वर्ल्डमा सहभागी हुने क्रम पनि बिथोलिएको थियो । अब हुने प्रतियोगितामा सन् २०२४ की मिस नेपाल आस्माकुमारी केसीको सहभागिता नहुने निश्चितजस्तै छ । यसकारण पनि, लुनाले आफ्नो तयारी तीव्ररुपमा अघि बढाएकी हुन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्