तौल बढे पनि घरमै छु : नम्रता
कोरोना भाइरसको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि आम सर्वसाधारणदेखि सेलिब्रेटीसम्म घरभित्रै दिन काट्न बाध्य छन् । कोरोनाको त्रासले अत्यावश्यक सेवाबाहेकका सबै काम बन्द भएपछि ज्यालादारी गरेर परिवार पाल्नेलाई बिहान बेलुका हातमुख जोर्नै समस्या भइरहेको अवस्थामा नेपाली सेलिब्रेटीहरुलाई भने मोटाउने चिन्ताले सताउन थालेको छ ।
तौल नबढोस् भनेर खानेकुरामा विशेष सावधानी अपनाउने र दैनिक जिम धाउने कलाकारहरु लकडाउनको समयमा परिवारसँग बसेर मिठा परिकार बनाएर खाइरहेका छन् । तर, जिममा गएर पसिना बगाउन पाएका छैनन् । जसकारण, उनीहरुको तौल बढिरहेको छ । घरमै दैनिक केही समय व्ययाम गर्ने गरेता पनि तौल नघटेपछि विशेषगरि अभिनेत्रीहरु चिन्तित हुन थालेका छन् ।
अभिनेत्री नम्रता सापकोटा लकडाउनमा घरभित्रै बस्दा तीन केजी मोटाइसकेकी छन् । लकडाउन हुनुभन्दा अगाडिसम्म उनी फिल्म ‘डेसान’ को छायांकनमा व्यस्त थिइन् । कोरोनाको त्रासले फिल्मको छायांकन रोकिएपछि उनी घरभित्रै कैद छिन् । घरमा पाक्ने खानेकुराले आफू लकडाउनको तीन हप्तामा तीन केजी मोटाएको उनले इन्स्टाग्राममार्फत् जानकारी दिएकी छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नम्रता सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्