प्रगतिशील लेखक संघ नेपाल सप्तरी जिल्लाको तेस्रो अधिवेशन सम्पन्न
सप्तरी, चैत्र १६ – प्रगतिशील लेखक संघ नेपाल सप्तरी जिल्लाको तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशन संघका अध्यक्ष मेघराज पौड्यालको अध्यक्षता तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सुमन प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याकुरेलले प्रगतिशील लेखक संघले समाजको उन्नति र प्रगतितर्फ प्रेरित गर्ने सिर्जनात्मक अभिव्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने बताए। वामपन्थी विचारलाई एकत्रित गर्ने सिर्जनाहरू मार्फत देश विकासमा योगदान पुर्याउनुपर्ने आवश्यकतामा उनले जोड दिए।
अधिवेशनले नानीमैया कटुवालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। समितिमा उपाध्यक्ष गिरिराज पौडेल, सचिव मौसम बन्जरा, सहसचिव दुर्गा दहाल, कोषाध्यक्ष इन्द्र थापा तथा सदस्यहरू गणेश बस्नेत र सबिता न्यौपाने रहेका छन्। केही सदस्यहरू पछि थप गरिने जानकारी गराइएको छ। नवगठित समितिलाई मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।
यस अवसरमा अध्यक्ष मेघराज पौड्यालले नवगठित समितिलाई जिम्मेवारी हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रम सञ्चालन सप्तरी प्रलेसका कोषाध्यक्ष गिरिराज पौड्यालले गरेका थिए भने उपाध्यक्ष नानीमैया कटुवालले प्रमुख अतिथि, अन्य अतिथिहरू तथा सहभागीलाई स्वागत गरेकी थिइन्।
अधिवेशन सफलताको शुभकामना व्यक्त गर्ने वक्ताहरूमा कञ्चनपुर नगर कार्यपालिका सदस्य तनुकलाल शर्मा, कोशी प्रदेश इन्सेक्ट क्षेत्रीय सदस्य मनोहर पोखरेल, प्रगतिशील लेखक संघ नेपाल महोत्तरी अध्यक्ष रामचन्द्र पौडेल, प्रलेस मधेस प्रदेश सचिव भीमकुमार राउत, अग्रज व्यक्तित्व विश्वनाथ उपाध्याय, प्रगतिशील लेखक संघ नेपाल मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे तथा प्रलेस नेपालका केन्द्रीय पार्षद प्रेम घिमिरे रहेका थिए।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्