रोस्किनोको आयोजनामा मार्च २० देखि २४ सम्म नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रुसी फिल्महरूको प्रदर्शन
रोस्किनोले मार्च २० देखि २४ सम्म नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरेको छ । शनिबार काठमाडौंको छायाँ सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो । रोस्किनोद्वारा आयोजित र रुसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्रहरु प्रदर्शनी गरिएको छ ।
प्रदर्शन भएका चलचित्रहरूमा चार चौथाइ, न्युरेम्बर्ग र हामी तीन जना चलचित्रहरू प्रदर्शन गरिएको छ । निफका अध्यक्ष केपी पाठकले निफमा रसियन चलचित्र दिवस पहिलो पटक मनाएकोमा खुशी व्यक्त गरे । उनले विभिन्न देशसँगको चलचित्र सहकार्य कायम गर्न खोजेको र संसारका चलचित्र नेपाली सहित विश्वमाझ देखाउन चाहने बताए ।उनले यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको बताए । रसियन कल्चर सेन्टरमका निर्देशक एनथम मास्लोवले नेपाली दर्शकहरुले रसिया र रसियाको चलचित्रको बारेमा देखाएको उत्साह सराहनीय भएको बताए ।उनले रसियन एम्बेस्सी र रोस्किनोको सहकार्यमा निफले सुरूवात गरेको यो कदमले अझै धेरै रसियन फिल्म, संस्कृति र रसियनहरूको जीवन देखाउन खोजेको बताए । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको विशेषता नै यही हो ।
निकोलाई लेबेदेवद्वारा २०२३ मा निर्देशित चलचित्र न्युरेम्बर्ग, एबजेनिया तिर्दाटोवाद्वारा निर्देशित चलचित्र २०२४ चौथाइ, हामी तीन जना निर्देशित चलचित्र एलेकजेन्ड्रा सह्राना २०२१ मा निर्देशन गरिएको हो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्