सिस्नोपानी नेपाल महोत्तरीको प्रथम भेला सम्पन्न
बर्दिवास, महोत्तरी – ‘सिस्नोपानी नेपाल’ महोत्तरीको प्रथम भेला यही २०८१ साल चैत ८ गते, शुक्रबार, बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान, बर्दिबास महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा जनता बहुमुखी क्याम्पस, बर्दिबासका क्याम्पस प्रमुख चेत बहादुर खड्का प्रमुख अतिथिको रूपमा उपस्थित थिए । भेलामा बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका सचिव यशोदा श्रेष्ठ, बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारद प्रसाद काफ्ले, प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरीकी उपाध्यक्ष सानीमाया पुलामी, जनसांस्कृतिक महासङ्घकी केन्द्रीय सदस्य विमला विश्वकर्मा तथा प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा सभाध्यक्ष रामचन्द्र पौडेलले ‘सिस्नोपानी नेपाल महोत्तरी’ समितिको प्यानल प्रस्ताव गरेका थिए, जसलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो । नवगठित समिति निम्नानुसार रहेको छः
अध्यक्ष – नारद प्रसाद काफ्ले
उपाध्यक्ष – जीवनराज दाहाल
सचिव – यशोदा श्रेष्ठ
कोषाध्यक्ष – अनिल दाहाल
सदस्यहरू – पवन वाग्ले, विनोद ढुङ्गेल, अर्चना न्यौपाने, मिना आले, सुमन सारङ्गी, सागर ढकाल, रामकृष्ण भण्डारी, मदन सुन्दास, प्रतिमा पौडेल
नयाँ समितिले आवश्यकता अनुसार विधानअनुसार सदस्य थप्ने र सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको छ । विधानबमोजिम बैठक र कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रमको अन्त्यमा विशिष्ट अतिथि नारायण घिमिरे र प्रमुख अतिथि चेत बहादुर खड्काले नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । सभाध्यक्ष पौडेलले सफल आयोजनाका लागि सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै समितिलाई सफल कार्यकालको शुभकामना दिँदै कार्यक्रम समापन गरेका थिए ।
उक्त कार्यक्रम जनता बहुमुखी क्याम्पस, बर्दिबास-१४, महोत्तरीको सभाहलमा सम्पन्न भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्