नयाँ होली गीत लिएर आउँदै रुद्रसेनको विश्वकर्मा
जीवनराज दाहाल, बर्दिवास ।
नेपाली, मैथिली र भोजपुरी संगीतमा सक्रिय गायक रुद्रसेन विश्वकर्माले नयाँ होली गीत ‘होली सररर’ यही फागुन २२ गते सार्वजनिक गर्ने तयारी गरेका छन् । रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको उक्त गीत डिजिटल प्लेटफर्महरूमा रिलिज हुने भएको छ ।
गायक रुद्रसेन विश्वकर्मा र गायिका समीक्षा अधिकारीको आवाज रहेको यस गीतमा संगीत तथा शब्द पनि रुद्रसेनकै रहेको छ । गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने निर्माता नीर कुमारी विश्वकर्मा (सविना) हुन् ।
गीतको भिडियोमा चर्चित कलाकारहरू आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्मा लगायतको आकर्षक अभिनय रहेको छ । भिडियोको छायांकन ओम प्रसाईले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशनको पाटो भने प्रदीप कुमार रसाइलीले सम्हालेका छन् ।
गीतको रेकर्डिङ तथा मिक्स-मास्टरीङ मनोज परियारले गरेका हुनभने गीतको रेकर्ड आफ्नो मन स्टुडियोमा गरिएको हो ।
होली पर्वलाई लक्षित गर्दै तयार पारिएको यो गीतले नेपाली दर्शक तथा श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ । गीत चाँडै नै युट्युब, स्पोटिफाइ, एप्पल म्युजिक लगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध हुने छ ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्