बुढ्यौली साहित्य समाज धनुषाको विशेष दोस्रो बैठक सम्पन्न
आज मिति २०८१साल फागुन १६गते शुक्रबारका दिन बुढ्यौली साहित्य समाज धनुषाको बैठक यस समाजका अध्यक्ष नानीराम दहालको अध्यक्षता ,सल्लाहकार नारायण विक्रम थापाको उपस्थिति र बुढ्यौली साहित्य अभियान्ता नियात्राकार रमेश मोहन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त बैठकमा आगामी दिनमा यस समाजलाई कसरी अगाडि बढाउने भन्ने प्रस्तावलाई विशेष छलफलका साथ कार्यक्रम व्यवस्थित गर्ने बारेमा गहन बहस भयो । यस समाजले नियमित रुपमा सञ्चालन गर्ने शृङ्खला केही लामो समयदेखि स्थगित भएको कार्यक्रम चैत्रबाट निरन्तर गर्ने भनी बैठकले निर्णय गरेकोे छ ।
उक्त बैठकमा यस समाजका सदस्य बालकृष्ण पहाडी कार्य व्यस्तताका कारण समय दिन असमर्थ भएकोले उहाँको सदस्य पदमा बलराम भट्टराईलाई चयन गरिएको छ ।
बुढ्यौली साहित्य समाज धनुषाको दोस्रो विशेष बैठकमा बुढ्यौली साहित्य समाज नेपाल मधेस प्रदेश समितिका सचिव रामचन्द्र पौडेल र बुढ्यौली साहित्य समाज मकवानपुरका उपाध्यक्ष राजकुमार लामिछाने उपस्थिति थिए । सो बैठक श्री आदर्श मा वि लालगढ धनुषाको सभाहलमा भएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्