बुढ्यौली साहित्य समाज सिराहको प्रथम साहित्यिक शृङ्खला सम्पन्नता
मिति २०८१ साल फागुन १४ गते बुधबारको दिन बुढ्यौली साहित्य समाज सिराहाको प्रथम शृङ्खला यस समाजका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षता र कर्जन्हा नगर प्रमुख भोला प्रसाद पोखरेलको प्रमुख आतिथ्य तथा बुढ्यौली साहित्य अभियान्ता रमेश मोहन अधिकारीको उपस्थितिमा सम्पन्न भयो ।
यस समाजका सचिव प्रचण्ड कटुवालले सञ्चालन गरेको सो शृङ्खलामा शुभकामना मन्तव्य सहित रचना वाचन गर्ने अतिथिहरूमा बुढ्यौली साहित्य समाज महोतरी सचिव नारद प्रसाद काफ्ले ,सिस्नोपानी मकवानपुरका अध्यक्ष तथा बुढ्यौली साहित्य समाज मकवानपुरका उपाध्यक्ष राजकुमार लामिछाने , प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेश सचिव भिम कुमार राउत ,गौरीशंकर मिथिला वाङमय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे ,राजनीति कर्मी साहित्य प्रेमी रामरिजन यादव ,प्रगतिशील लेखक सङ्घ नेपाल मधेस प्रदेशका अध्यक्ष नारायण घिमिरे , बुढ्यौली साहित्य समाज मधेस प्रदेशका सचिव तथा बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान महोत्चरीका अध्यक्ष रामचन्द्र पौडेल ,बुढ्यौली साहित्य अभियान्ता तथा नियात्राकार रमेश मोहन अधिकारी र कर्जन्हा नगर प्रमुख भोलाप्रसाद पोखरेल थिए ।
उक्त कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरु बिच कविता प्रतियोगिता गरिएको थियोे ,सो प्रतियोगितामा प्रथम हुने प्राशिका खतिवडा , द्वितीय सगुन काफ्ले , तृतीय मानवी अधिकारी , सान्त्वना वसन्त काफ्ले र युविक कार्की थिए ।विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि नगर प्रमुख भोलाप्रसाद पोखरेल र सभाध्यक्ष गणेश कुमार अधिकारीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
उक्त शृङ्खलामा शुभकामना मन्तव्य राख्दै प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय पार्षद तथा प्रदेश अध्यक्ष नारायण घिमिरेले कविता वाचन गर्ने भाइबहिनीहरुको रचना राम्रो भएको छ र अझ लेखनमा प्रगतिशीलता आउने कुरा विश्वास व्यक्त गरेका छन् ।यसैगरी शुभकामना मन्तव्य राख्दै बुढ्यौली साहित्य समाज मधेस प्रदेश सचिव रामचन्द्र पौडेलले मधेस प्रदेशका सबै जिल्लामा समिति निर्माण भैसकेका र विस्तारै देशव्यापी हुने कुरा राखेका थिए ।कार्यक्रममा विचार राख्दै बुढ्यौली साहित्य अभियान्ता रमेश मोहन अधिकारीले २०७७साल पुसमा मकवानपुर जिल्लामा स्थापना पछि देशभर विस्तारमा अभियान चलाइएको बताएका थिए । साथै विद्यार्थीहरूमा नियात्रा लेखन सिपसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताएका थिए ।कार्यक्रममा विचार राख्दै प्रमुख अतिथि नगर प्रमुख भोलाप्रसाद पोखरेलले साहित्य एउटा समाजको ऐना रहेछ,म यसबाट टाढा थिए अबका दिनमा नगरकातर्फबाट बजेट बिनियोजित गरि साहित्य उन्नयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष गणेश कुमार अधिकारीले कार्यक्रममा उपस्थिति प्रमुख अतिथि ,विशिष्ट अतिथि ,अतिथि ,विद्यार्थी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै साहित्यमा जागरण ल्याउने उदेश्यले लेखन कला कार्यशाला समेत सञ्चालन गरिएको जानकारी गराइएका थिए । कार्यक्रम पिभिएम आवसीय स्कुलको सभाहलमा भएको थियोे ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान








तपाईको कमेन्ट लेख्नुहोस्