कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्म जयन्ती मनाउँदै महोत्तरी धनुषा
मिति २०८१ साल पुस १५ गते सोमबारका दिन लेखनाथ स्मृति सदन महोत्तरी धनुषाले आयोजना गरेको कविशिरोमणि लेखनाथ पौडेलको १४१ औं जन्म जयन्ती विशेष कार्यक्रम यसै सदनका अध्यक्ष जनकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।
लेखनाथ पौडेललाई सम्झने कार्यक्रममा उपस्थिति सम्पूर्णलाई यस सदनका कोषाध्यक्ष अनन्त पौडेलले शब्दद्वारा स्वागतका साथै लेखनाथको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथि सामान्य परिचर्चा गरेका थिए ।

उक्त स्मृति कार्यक्रममा कविशिरोमणिप्रति स्मरण गर्दै मन्तव्य दिने स्रष्टाहरूमा बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका आख्यान विभाग प्रमुख लिलानाथ गौतम, मिथिला साहित्य प्रतिष्ठान धनुषाका सचिव नीर प्रसाद शर्मा, बुढ्यौली साहित्य सामाज महोत्तरीकन सचिव नारद प्रसाद काफ्ले, बुढ्यौली साहित्य समाज धनुषाका कोषाध्यक्ष दुर्गा दहाल, साहित्य प्रेमी दिनेश कोइराला, देउराली मा वि चुरेका प्र अ रामकुमार पाण्डे, गौरीशंकर मिथिला वाङमय प्रतिष्ठान नेपालका अध्यक्ष प्रेम घिमिरे, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष विपिराज दहाल र बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठान महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल थिए । मन्तव्य दिने स्रष्टाहरूले कृति विशेष कविप्रति सामान्य चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा केही कविता लेखनाथ विशेष र केही कविकै रचना वाचन गरेका थिए । वाचन गर्ने स्रष्टाहरूमा सुम्निमा भण्डारी, नीर शर्मा, विश्वास अभियान, दुर्गा दहाल, देवी घिमिरे, लिला गौतम, विपिराज, अग्नि कवज, ग्रिष्मा भण्डारी ,अनन्त पौडेल, विपुल विद्रोही र जनक पौडेल थिए । उक्त कार्यक्रममा जनार्दन न्यौपाने, पुन्य प्रसाद पौडेल र अमिषा माझी पनि उपस्थिति थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष जनकप्रसाद पौडेलले कविशिरोमणि लेखनाथ पौडेलको १४१ औं जन्म जयन्ती विशेष कार्यक्रममा सहभागी अतिथि लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए । सरस्वती मा वि कालापानी बनपा -३ कि छात्रा साहित्यप्रेमी सुम्निमा भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रम राष्ट्रिय आधारभूत विद्यालय बाहुनमारा मिनपा ११ कोसाथमा रहेको सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको थियो ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्