‘ज्वाइँ साब’ पछि ‘कार्साङ्’ लिएर आउँदै जितु नेपाल, दर्शकसँग साक्षात्कार गर्न आतुर
काठमाडौं । सानो पर्दाबाट हाँस्य- कलाकारको रूपमा उदाएका र कमेडी क्षेत्रमै आफ्नो छुट्टै छवि बनाएका जितु नेपाल उर्फ ‘मुन्द्रे’ अहिले ठूलो सिनेमाका हिरो भइसकेका छन्। सुरुवाती दिनहरुमा सहायक भूमिकामा देखिँदै आएका जितु अहिले चलचित्रमा लिड रोलमा देखिन थालेका छन्।
पहिला उनी ‘छक्का पञ्जा’ टिमसँग आबद्ध थिए। लामो समय दिपक-दिपासँग सहकार्य गरेका जितु पछि केहि मनमुटावका कारण यो टिमबाट बाहिरिए। त्यतिबेला उनी चलचित्र ‘छक्का पञ्जा’ मा सहायक भूमिकामा देखिने गर्दथे।
टिमबाट बाहिरिएसँगै जितुले अब के गर्लान भन्ने धेरैको मनमा थियो। सबैको कौतुहलतालाई चिर्दै उनले दर्शकमाँझ कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ ल्याए। सुरुवाती चरणमा ठिकै रहेको यो शोले लामो समय दर्शकलाई हसाइरहन सकेन।
यो शो पछि जितुको करियरबारे धेरै टिकाटिप्पणीहरु भए। ‘छक्का पञ्जा’ टिमबाट बाहिरिनु उनलाई नफाफेको भन्दै धेरैले प्रतिक्रिया समेत दिए।
आफ्नो करियरबारे प्रश्न उठिरहेको बेला जितु झन बलियो भएर फर्किए। सहायक भूमिका निभाइरहेका जितु लिड हिरो भएर दर्शकमाँझ देखिए। आफू लिड हिरो भएर खेलेको चलचित्र ‘ज्वाइँ साब’ लाई दर्शकले पनि रुचाए। ३ चलचित्र एकैपटक लाग्दा पनि जितु अभिनित चलचित्र ‘ज्वाइँ साब’ ले जितुलाई निराश बनाएन। अहिले उनको हातमा कामको कमी छैन।
पहिलो चलचित्र ‘ज्वाइँ साब’ बाट राम्रो प्रतिक्रिया बटुलेका जितु यतिबेला आफ्नो अर्को चलचित्र ‘कार्साङ्’ मा व्यस्त छन्। चलचित्रको रिलिज मिति नजिकिएसँगै उनी पुन: एकपटक दर्शकसँग साक्षात्कार गर्न आतुर छन्।
दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा जितु दयाहाङको साथीको भूमिकामा देखिएका छन्। चलचित्रमा जितु दलित समुदायको पात्रमा छन्।
सदा झैं यो चलचित्रमा पनि जितुले दर्शकलाई हसाँउनेछन् । हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन् । आफ्नै क्यारेक्टर रोलमा फर्कीएका जितुको यो चलचित्र ‘कार्साङ्’ प्रचारप्रसारमा व्यस्त छ।
पूर्वी नेपालबाट प्रचार सुरु गरिएको यस चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिसकेका छन् । आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ्’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका छन् ।
यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको ‘कार्साङ्’ पुस २६ गतेबाट प्रदर्शनमा आउनेछ। शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकान छ। चलचित्रको निर्माता पनि उनी स्वयं हुन भने चलचित्रको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।
चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टसका सुमन पराजुली र सोमलाल थोकरले लिएका छन भने देशभर वितरणको जिम्मा आरआर फिल्मसले लिएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘ज्वाइँ साब’ पछि ‘कार्साङ्’ लिएर आउँदै जितु नेपाल, #breaking, #दर्शकसँग साक्षात्कार गर्न आतुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्