ग्लोरी किड्समा लुब्ना, पुर्णिमा र बिपिका क्रमशः प्रथम, द्वितीय र तृतीय, सुप्रिया बनिन् अर्गनाईजर च्वाईस
काठमाडौं । ग्लोरी मिडियाद्वारा आयोजित ग्लोरी किड्स ट्यालेन्ट २०२४ को बहुप्रतीक्षित ग्रान्ड फिनाले १५ डिसेम्बरका दिन राष्ट्रिय नाचघर, जमलमा भव्यताका साथ सम्पन्न भएको छ । यस प्रतियोगितामा लुब्ना चन्द विजेता घोषित भइन भने पुर्णिमा तिमल्सिना र बिपिका राई क्रमशः प्रथम र द्वितीय उपविजेता बने। विजेता चन्दले प्रतियोगिताको शिर्ष उपाधी सहित मस्ट चार्मिङ, बेष्ट पर्सनालिटी र बेष्ट पब्लिक स्पिकरको अवार्ड समेत हात पारिन् । त्यसैगरि फस्र्ट रनर अप तिमल्सिनाले मस्ट ट्यालेण्ट एवं मष्ट ईन्टेलिजेष्टको अवार्ड आफनो नाममा पारिन् भने सेकेण्ड रनर अप राईले पब्लिक एण्ड पपुलारिटीको अवार्ड हात पारे ।
प्रतियोगितामा सुप्रिया सुन्दास अर्गनाईजर च्वाईस बनिन् भने अबिना अर्याल मस्ट पपुलर च्वाईस र बेष्ट स्माईल अवार्ड विजेता घोषित भइन्। त्यसैगरि सुवर्ण न्यौपाने भ्युवर्स च्वाईसतर्फको विजेता बनेभने साकम्बरी बर्देवा मष्ट क्रियटिभ र बेष्ट वाककी विजेता बनिन्। त्यसैगरि प्रयूष बोगटीले बेष्ट कस्टुम र मष्ट फोटोजेनिकको उपाधि जिते भने प्रसिका तामाङ मष्ट कन्फिडेण्ट, समृद्धि बिष्टमष्ट क्यारिष्म्याटिक, संस्कार भट्टराई बेष्ट एडाप्टिलिटी, सुप्रिम के सी अडियन्स च्वाईस, अनुष्का खत्री मष्ट डिसिपिलिन, सेल्स्ना थापा मष्ट डिटरमाईन, लुनिभा मघैंया बेष्ट रोल मोडल, युनिशा राई मष्ट ईन्स्पाईरिङ, दिया बराल मष्ट केयरिङ, उपासना शाही मष्ट फ्रेण्ड्ली घोषित भए।
विजेताहरूले नगद पुरस्कार क्रमशः २५,०००, १५,०००, र १०,००० रुपैयाँका साथै आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे। साथै, उनीहरूसहित अन्तिम प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा सचेतना एनटिभी न्यूज कार्यक्रममा प्रस्तुत गर्न पाउने विशेष अवसर समेत पाउने छन्।

प्रतियोगितामा अन्तराष्ट्रियस्तरमा नेपाललाई प्रतिनिधित्व गर्दै आएका मोडल दिपक घिमिरे, चर्चित रक तथा आधुनिक गायक, गितकार एवं संगितकार विनोद ढकाल, नेपाल चेम्बर अफ कमर्सकी निर्देशक तथा रोटरी क्लब अफ ज्ञानेश्वरकी सचिव श्रृष्टि त्रिपाठी, इभेन्ट अर्गनाइजर रवि लामा तामाङ, र मोडल तथा कोरियोग्राफर अश्विनी कोइराला निर्णायकको भूमिकामा थिए। अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यको अफिसियल कोरियोग्राफीमा सम्पन्न प्रतियोगीतामा प्रताप भट्ट अर्डिनेटर, सोमराज बास्तोला ईभेण्ट निर्देशक र शैलेस नेपाली व्यवस्थापकको भूमिकामा थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी सीईओ उर्मिला श्रेष्ठले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्दै उनीहरूलाई आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउन योगदान पुर्याउने बताइन्।
कार्यक्रमका अन्त्यमा ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले यस्ता प्रतियोगिताले बाल प्रतिभाको सम्मान गर्दै समाजमा सकारात्मक प्रभाव पार्ने र भविष्यमा अझ बढी प्रतिभावान पुस्ता तयार गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्